दुर्घटना न्यूनीकरणमा जोड
सडक दुर्घटनमा परी मृत्यु भएका रुपन्देहीका पत्रकार नरबहादर कंडेल (एन.बी.) को १३ औं दिनको पुण्य तिथीमा बुधबार बेलुका दीप प्रज्वलन गरिएको छ । सडक दुर्घटना भएकै स्थलमा दीप प्रज्वलन गरिएको हो । मंसिर २ गते रुपन्देहीको तिलोत्तमा–२ जानकिनगरमा उनी सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा कंडेलको मृत्यु भएको थियो ।
दुर्घटनास्थलमै ट्राफिक सचेतनासहित दिवंगत आत्माको शान्तिको कामना गर्दै ३६५ वटा दीप प्रज्वलन गरिएको हो । दीप प्रज्वलन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पत्रकार कंडेलप्रति श्रद्धाञ्जली व्यक्त गरे । उनले ट्राफिक असावधानिका कारण धेरैले अङ्गभङ्ग तथा ज्यान गुमाउनु परेका दुःखद समाचारहरु लेख्नु पर्ने अवस्थाको अन्त्यका लागि सबै सचेत रहनु पर्ने आवश्यक रहेको बताए ।
प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्षमण पौडेल, प्रेस यूनियन रुपन्देहीका सभापति रेखा भुसाल, प्रगतिशिल पत्रकार संघका अध्यक्ष स्याम पोखरेल लगायतले सडक दुर्घटना न्युनीकरणका लागि सबैको पहल आवश्यक रहेको बताए । स्वर्गीय कंडेलका श्रीमती, एक छोरा र छोरी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंककको बारमा आगलागी : २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते
-
लुम्बिनीमा धान रोपाइँ ५९.९४ प्रतिशत
-
ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्रे योजना अधुरै
-
इटहरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा कटुवाल विजयी
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
तराई नजिक मनसुनको न्यून चापीय रेखा : तीन प्रदेशमा भारी वर्षाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण