रविको नागरिकता छानबिन गर्न गृह र परराष्ट्रलाई पत्र
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विषयमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अग्रसरता देखाएको छ । आयोगले लामिछानेको नागरिकता र राहदानी छानबिन गर्न गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।
आयोगमा दर्ता भएको उजुरीलाई आधार मानेर सम्बन्धित मन्त्रालयलाई अनुसन्धान गर्न पत्र पठाइएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए । अख्तियारले भ्रष्टाचारका विषयमा अनुसन्धान गर्ने भएकाले नागरिकतासम्बन्धी विवाद के हो भनी पत्र पठाएको उनले बताए । आयोगमा लामिछाने सन् २०१८ सम्म अमेरिकी नागरिक रहेको तर उनले सन् २०१५ मै नेपाली राहदानी लिएको भन्दै सो विषयमा संलग्नमाथि छानबिन गर्न माग गरिएको थियो । रविले सन् २०१४ मा अमेरिकी राहदानी लिएर नेपाल आएर सन् २०१५ मा नेपाली राहदानी लिएको पाइएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले चित्त बुझ्दो जवाफ नदिएको भन्दै कर्णाली प्रदेश सभा अवरूद्ध
-
महान्यायाधिवक्ता कँडेल १२ वर्षदेखि नेपाल र बेलायत आउजाउ गर्दाको प्रमाणित अभिलेख पेस गर्न आदेश
-
नेटटिभीले पायो ओटीटी प्रसारण सेवाको आधिकारिक लाइसेन्स
-
विष्णु पाैडेलकाे बन्दीप्रत्यक्षीकरण रिट : विचाराधीन र फैसला भइसकेका मुद्दाका सक्कल मिसिल झिकाउने आदेश
-
४ कर्मचारीसँग स्पष्टीकरण माग
-
कपिलवस्तु कारागारका कैदीबन्दीका मागबारे छानबिन समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण