रुपन्देहीमा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सोमबार, १९ मङ्सिर २०७९, २० : ३९
रुपन्देहीको शुद्धोधन गाउँपालिका-२ हिरापुरमा सोमबार ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।
रा१ख ७१३ नम्बरको बालुवा बोकेको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको लु २०प १९ ५७ नम्बरको मोटरसाइकललाई आज बिहान ९ बजे ठक्कर दिँदा रुपन्देहीकै बुटवल–१६ का ३८ वर्षीय शालिकराम शर्मा मरासिनी गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा पौने १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ ।
ट्रिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । -न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंककको बारमा आगलागी : २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते
-
लुम्बिनीमा धान रोपाइँ ५९.९४ प्रतिशत
-
ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्रे योजना अधुरै
-
इटहरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा कटुवाल विजयी
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
तराई नजिक मनसुनको न्यून चापीय रेखा : तीन प्रदेशमा भारी वर्षाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण