अमेरिकी गुप्तचर भन्छिन् -जाडो मौसममा युक्रेन युद्धमा सुस्तता आउँछ

युक्रेन लडाइ सुस्त हुँदै गएको र आउँदो जाडो मौसममा पनि यस्तो सुस्तता निरन्तर रहने अमेरिकी गुप्तचर निकायहरूले विश्वास गरेका छन् । तर, युक्रेनी सेनाको तर्फबाट प्रतिरोध कमजोर भएको कुनै प्रमाण नभेटिएको अमेरिकी गुप्तचर निर्देशक एभरिल हेन्स बताउँछिन् ।
युक्रेनको महत्वपूर्ण उर्जा पूर्वाधारमा रुसी आक्रमणपछि उनको भनाइ आएको हो । युक्रेनमा युद्ध अहिले नवौं महिनामा पुगेको छ । तर, रुसले कब्जा गरेको आधाभन्दा बढी भूमि गुमाएको छ ।
क्यालिफोर्नियामा एक प्रतिरक्षा फोरमलाई सम्बोधन गर्दै हेन्सले अहिले अधिकांश लडाई पूर्वीयुक्रेनको बाख्मुट र दोनेत्स्क क्षेत्र वरपर भइरहेको बताइन । उनले गत महिना रुसले खेरसन क्षेत्रको पश्चिमबाट सेना फिर्ता गरेपछि लडाई सुस्त भएको बताइन् । गत महिना पश्चिम खेरसन क्षेत्रबाट रुसी सेना फर्किएपछि लडाइँमा सुस्तता आएको उनले बताइन । ‘
‘हामीले पहिले नै द्वन्द्वको एक प्रकारको न्यून धड्कन देखिरहेका छौं । आशा गर्छौं कि हामी आउने महिनाहरूमा पनि त्यस्तै देख्ने सम्भावना छ’, उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेका किसानहरूले कृषिमन्त्रीलाई भने - रासायनिक मल उपलब्ध गराइदिनुस्
-
सगरमाथा संवादमा सहभागी हुन काठमाडौँ आइपुगे भारतीय वातावरण मन्त्री
-
विद्युत् अवरूद्धपछि अन्धकार काठमाडौँ (तस्बिरहरू)
-
घट्यो पेट्रोलियम पदार्थको मूल्य
-
चेक बाउन्सको मिलापत्रबारे सरकारी वकीललाई महान्यायाधिवक्ता कार्यालयको सर्कुलर
-
महेश बर्तौलालाई प्रश्न– केपी ओलीलाई खुसी पार्ने तपाईंसँग त्यस्तो के कला छ ?