अरबाजले होइन, मलाइकाले राखेकी थिइन् विवाहका लागि प्रस्ताव : आफैँले गरिन् खुलासा
बलिउडकी ग्ल्यामर सेलिब्रिटी भनेर चिनिने मलाइका अरोडाको रियालिटी शो अन्ततः सुरु भएको छ । यो शोको प्रतीक्षा धेरै अगाडिदेखि गरिँदै आएको थियो । शोको नाम मुभिङ इन विद मलाइका हो । आफ्नो नीजि जीवनलाई गोप्य राख्ने मलाइका अरोडाले यो शोमार्फत् आफ्नो जीवनबारे थाहा पाउने मौका प्रशंसकलाई दिइरहेकी छिन् । शोको पहिलो एपिसोडमा मलाइकाले आफ्नो विवाहबारे खुलासा गरेकी छिन् ।
मलाइकाले गरेकी थिइन् अरबाजलाई प्रपोज
आफ्नो शो मुभिङ इन विद मलाइकामा मलाइका अरोडाले पूर्व श्रीमान् अरबाज खानसँग आफ्नो विवाहबारे कुराकानी गरेकी छिन् । उनले भनिन्, ‘मानिसहरुलाई सायद थाहा छैन होला कि अरबाजले नभई मैले उनलाई विवाहका लागि प्रस्ताव राखेको थिएँ । मैले यस्तो गर्नुको एउटा कारण थियो ।’
त्यो कारणबारे जानकारी दिँदै उनले भनिन्, ‘म आफ्नो घरबाट निस्कन चाहन्थेँ त्यसैले अरबाजलाई अरबाजलाई विवाहका लागि प्रस्ताव राखिदिएँ । मैले उनलाई भनेँ, ‘मलाई तपाईंसँग विवाह गर्नुछ, के तपाईं तयार हुनुहुन्छ ?’ मेरो यस्तो कुरा सुनेपछि उनले मतिर फर्किए र निकै प्रेमपूर्वक मलाई भनेका थिए, ‘तपाईं दिन र स्थान छान्नुहोस् ।’
किन टुट्याे दुईको विवाह ?
अरबाज खानको तारिफ गर्दै मलाइका अरोडाले थपिन्, ‘उनी निकै कमालका व्यक्ति हुन् । उनले मलाई काम गर्न दिए । मलाई जसरी मनपर्छ त्यसरी नै बस्न दिए । आज म जस्तो छु त्यो यसकारण पनि हुँ किनभने उनले मलाई आफ्नो हिसाबले बाँच्न दिए । पछि हामी एक–अर्कासँग टाढा भयौँ । म त्यतिबेला सानै पनि थिएँ । मलाई के पनि लाग्छ भने म पछि परिवर्तन पनि भएँ । मलाई जीवनमा केही भिन्न चाहिएको थियो । मलाई आफ्नो वरिपरि केही कुरा मन पर्दैनथ्यो र मलाई महसुस भयो कि म अघि बढ्नु पर्छ । मलाई लाग्यो कि यस्तो गर्ने एउटै तरिका छ – केही सम्बन्धलाई पछाडि नै छोड्नुपर्छ ।’
उनले थपिन्, ‘अब मलाई लाग्छ कि हामी दुई पहिलोको भन्दा राम्रो मान्छे बनिसकेका छौँ । हामी एक अर्कालाई प्रेम र एक अर्काको इज्जत यसकारण गर्छौँ किनभने हामी भिन्न मानिस बनिसकेका छौँ । हाम्रो एउटा बच्चा पनि छ । त्यसैले यो चिज कहिल्यै पनि फेरिने छैन । तर मलाई हामी एकसाथ हुँदा राम्रो बन्न सक्दैनौँ । सम्बन्धको अन्त्यमा आउँदासम्म हामी निकै चिढचिढे भइसकेका थियौँ । हामी निकै रिसाहा र नकारात्मक मानिस बनिसकेका थियौँ । ‘दबंग’ सम्म हामी दुईबीच सबै राम्रो थियो । त्यसपछि स्थिति परिवर्तन भएको थियो ।’
अरबाज खान र मलाइका अरोडाले सन् १९९८ मा विवाह गरेका थिए । उनीहरुले सन् २०१६ मा अलग्गिने निर्णय गरेका थिए । सन् २०१७ मा उनीहरुको सम्बन्धविच्छेद भयो । मलाइका र अरबाजका एउटा छोरा छन् । उनको नाम अरहान खान हो । हाल मलाइका अभिनेता अर्जुन कपुरसँग डेट गरिरहेका थिए । यता अरबाज मोडल जर्जिया एन्ड्रियानीसँग सम्बन्धमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेनेजुएलाको भूकम्पमा एक लाखसम्म मारिएको अनुमान, के–के भइरहेको छ अहिले ?
-
कास्कीको स्थानीयतहको बजेट ९ अर्ब ७१ करोड
-
वैदेशिक रोजगारीको कालो ऐना: मेनपावर व्यवसायी, कामदार र राज्यको दोहोरो चरित्र
-
प्रचण्ड गर्मीको चपेटामा युरोप, फ्रान्समा डुबेर मर्नेहरूको संख्या अत्यधिक
-
राजनीतिक संकटपछि भनेजुएलामा दुई शक्तिशाली भूकम्पको धक्का, तस्बिरहरू
-
सामूहिक खेती पद्धतिलाई प्रोत्साहन गर्दै हेटौँडा उपमहानगर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण