सारीमा स्वस्तिमा, फ्यानले भने– ‘तपाईं कहिले आमा बन्ने ?’
फिल्म तथा म्युजिक भिडियो दुबैमा देखिने अभिनेत्री हुन्, स्वस्तिमा खड्का । पछिल्लो समय उनी ‘चिसो मान्छे’ मा देखिएकी थिइन् । स्वस्तिमालाई अहिले विहेले छपक्कै छोएको छ । विशेषगरी अभिनेता संयम पुरी र अभिनेत्री आश्मा डीसीको विवाह समारोहको मेहेन्दीदेखि विवाह समारोहसम्म उनी सहभागी भएकी थिइन् । उक्त विवाह समारोहमा बाजामा उनले नाचेको भिडियो समेत सामाजिक संजालमा देख्न सकिन्छ । बुधबार आयोजना हुने विवाह भोजमा पनि उनी सहभागी हुने पक्का छ ।
स्वस्तिमाले बिहेको घन्टी भन्दै सामाजिक संजालमा केही तस्विर समेत पोष्ट गरेकी छिन् । तस्बिरमा उनी सारीमा सजिएकी छिन् । सारीमा उनको सौन्दर्य खुलेको समेत देख्न सकिन्छ । स्वस्तिमा पहिरनको राम्रो ज्ञान भएकी नेपाली अभिनेत्रीमा पर्दछिन् । सारीमा उनी धपक्कै बलेकी छिन् । तस्बिरमा चश्मा समेत लगाएकी उनको सुन्दरताले फ्यानलाई मोहित बनाएको छ । तस्बिरलाई सकारात्मक कमेन्ट समेत मिलिरहेको छ । एलबि मोक्तान तामाङ नामक एक फ्यानले भने कमेन्टमा आमा कहिले बन्ने भनेर प्रश्न गरेका छन् । उनले लेखेका छन्, ‘तपाईं चाहिँ मा कहिले बन्नु हुने नि ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको ‘इन्जिन अफ ग्रोथ’ जलविद्युत र पर्यटन : अध्यक्ष नेपाल
-
आगोले जलेर महिला गम्भीर, आकस्मिक कक्षमा डाक्टर नहुँदा प्राथमिक स्वास्थ केन्द्रमा तालाबन्दी
-
टेभेज अस्पतालबाट डिस्चार्ज
-
‘स्टक एनालिटिक्स सफ्टवेयर’ : सेयर कारोबारमा नयाँ आयाम
-
बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु
-
एम्बाप्पेको कीर्तिमानमा लिग उपाधिबाट पीएसजी मात्र एक कदम टाढा