भारतीय धानको आयातले स्थानीय धानको भाउ घट्यो
लामो समय पछि सुरु भएको भारतीय धानको आयातले स्थानीय किसानले उब्जाएको धानको बजार मूल्य घटेको छ। सरकारले निर्धारण गरेको धानको मूल्य भने घोषणामै सीमित भएको छ।
महँगो बिउ,र मलखाद खरिद गरि उब्जाएको धानको उचित मूल्य नपाउँदा किसानहरु कम मूल्यमै बिक्री गर्न बाध्य भएका छन । यस सिजनमा भदै मोटोधानको सुरुवाती मूल्य भन्दा भारतीय धान आयात सुरुभए पछि प्रती क्विन्टल ३०० र मसिनो धनमा प्रति क्विन्टल २०० को दरले भाउ घटेको स्थानीय ब्यापारीहरुले बताएका छन् ।
भारतीय धानको आयात हुनु अघि रौतहटमा भदै मोटोधानको खरिद प्रति कुईन्टल दुईहजार ७ सयको दरले सुरु भएको थियो । तर भारतीय धानको आयात सुरु भएपछि अहिले त्यही मोटो भदैधान प्रति क्विन्टल दुई हजार ४ सयको दरले खरिद भैरहेको बजरंग गल्ला भण्डार कटहरियाका संचालक भैरोलाल जैसवालले बताएका छन्।
त्यसै गरी भारतीय धानको आयात अघि मसिनो कतरनी धान प्रति क्विन्टल तिनहजार ७ सयको दरले खरिद सुरु भएको थियो। तर भारतीय धानको आयात पछि उक्त मसिनो कतरनी धानको भाउ घटेर हाल प्रति क्विन्टल तीनहजार ५ सयको दरले खरिद भैरहेको संचालक जैसवालले जानकारी दिएका छन ।
भारत सरकारको अनुदानमा प्राप्त उन्नत बिउ र मलखाद प्रयोग गरि भारतीय किसानले उब्जाएको धानको मूल्य केही कम भएपनी उनीहरुलाई मार्का पर्दैन । तर त्यही बिउ र मलखाद बलेक रेटमा खरिद गरि नेपाली किसानले उब्जाएको धान महँगो पर्ने हुँदा कुनै हालतमा प्रतिस्पर्धा गर्न नसकिने कटहरिया ४ का एकजना किसान गणेश साह कलवारले गुनासो गरेका छन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण