दृश्यम २ बन्यो अजय देवगनको तेस्रो ठूलो फिल्म
दृश्यम २ रिलिज भएको २२ दिन बितिसकेको छ तर फिल्मको कमाई अझै रोकिएको छैन । फिल्मले हालसम्म १९६ करोड भारु कमाएको छ र अब २०० करोड क्लबमा सामेल हुने तयारीमा छ ।
योसँगै दृश्यम २ अजय देवगनको तेस्रो सर्वाधिक कमाई गर्ने चलचित्र बनेको छ। दृश्यम २ को अघि मात्र तानाजी र गोलमाल अगेन छन्। यदि दृश्यम २ ले यस्तै कमाइ गरिरह्यो भने चाँडै गोलमाल अगेनको लाइफटाइम कलेक्सनलाई पछाडि छोड्नेछ।
नयाँ फिल्म रिलिज भए पनि दृश्यम २ को कमाईमा खासै फरक परेको छैन । फिल्मको सङ्कलन २०० करोडको आँकडा छुन केही कदम मात्र टाढा छ । यसअघि २०२० मा फिल्म ताना जी द अनसंग वारियरले २७९.५५ करोडको लाइफटाइम कलेक्सन गरेको थियो । यसअघि २०१७ मा आएको उनको फिल्म गोलमाल अगेनले २०५.६९ करोड कलेक्सन गरेको थियो ।
घरेलु बक्स अफिसमा यो फिल्मले अहिलेसम्म २०० करोडको आँकडा नछोए पनि विश्वव्यापी कलेक्सनको कुरा गर्ने हो भने अहिलेसम्म २८४.५६ करोडको ग्रस कलेक्सन गरेको छ । वर्ल्ड वाइड कलेक्शनको कुरा गर्ने हो भने यो फिल्म यो वर्ष (२०२२) को सबैभन्दा धेरै कमाउने हिन्दी फिल्मको तेस्रो नम्बरमा परेको छ । फिल्मले अब ब्रह्मास्त्र (४३१ करोड) र द कश्मीर फाइल्स (३४१ करोड) लाई पछ्याइ रहेको छ।
दृश्यम २ को बजेट करिब ६० करोड थियो । फिल्मले मात्र तेस्रो दिनमै ६४ करोड कलेक्सन गरेको थियो । अभिषेक पाठकले निर्देशन गरेको यस फिल्ममा अजय देवगन, तब्बु, श्रेया सरन, अक्षय खन्ना र इशिता दत्त मुख्य भूमिकामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीको स्थानीयतहको बजेट ९ अर्ब ७१ करोड
-
वैदेशिक रोजगारीको कालो ऐना: मेनपावर व्यवसायी, कामदार र राज्यको दोहोरो चरित्र
-
प्रचण्ड गर्मीको चपेटामा युरोप, फ्रान्समा डुबेर मर्नेहरूको संख्या अत्यधिक
-
राजनीतिक संकटपछि भनेजुएलामा दुई शक्तिशाली भूकम्पको धक्का, तस्बिरहरू
-
सामूहिक खेती पद्धतिलाई प्रोत्साहन गर्दै हेटौँडा उपमहानगर
-
क्यानडाका कोनेको खुट्टा भाँच्ने कतारी मिडफिल्डरलाई पाँच खेलको प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण