बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

नोरा फतेहीद्वारा ज्याकलिन फर्नान्डिसविरुद्ध मानहानीको मुद्दा दायर

सोमबार, २६ मङ्सिर २०७९, २० : ४१
सोमबार, २६ मङ्सिर २०७९

नायिका नोरा फतेहीले अभिनेत्री ज्याकलिन फर्नान्डिसविरुद्ध २०० करोडको मानहानीको मुद्दा दायर गरेकी छन् । समाचार एजेन्सी एएनआईका अनुसार नोराले ज्याकलिनमाथि दुर्भावनापूर्ण ढङ्गले गलत बयान दिएको आरोप लगाएकी छन् । ईडीले मनी लान्ड्रिङ मुद्दामा दुवै अभिनेत्रीसँग सोधपुछ गरेको छ ।

३७ वर्षीया अभिनेत्री ज्याकलिनविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा प्रवर्तन निर्देशनालयले अनुसन्धान गरिरहेको छ ।​ ज्याकलिनमाथि आर्थिक अनियमितताको आरोप लागेको छ । उनीमाथि सुकेश चन्द्रशेखरबाट महँगो उपहार लिएको र मनी लान्ड्रिङ गरेको आरोप छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप