रास्कोटमा नगरप्रहरी भर्ना अघिनै उच्च अदालतमा मुद्दा
कालिकोटको रास्कोट नगरपालिकाले मंसिर १८ गते नगरप्रहरी भर्ती गर्नेबारे सूचना निकाल्यो । ‘नगर प्रहरी व्यवस्थापन तथा सञ्चालन सम्बन्धी कार्यविधि २०७९’ निर्माण गरी नगरपालिकाले नयाँ भर्तीका लागि सूचना निकालेको हो ।
उक्त सूचना अनुसार १५ दिन भित्र खुला ८, महिला ३, दलित २ र सहिद तथा वेपत्ता परिवारबाट २ जना गरी १५ जनाको भर्ना गर्ने भनिएको थियो ।
तर नगरप्रहरी भर्ती हुनुभन्दा पहिला नै नगरपालिकाको उक्त निर्णय विरुद्ध उच्च अदालत सुर्खेतका मुद्दा परेको छ । अधिवक्ता राजबहादुर बोगटीले सोमबार नगरपालिका विरुद्ध मुद्दा दायर गरेका हुन् ।
उनले नगरप्रहरी भर्ना संघीय कानुन सँग बाझिएको र संविधानको मर्म विपरीत भएको बताएका छन् । अदालतमा दायर गरेको निवेदनमा भनिएको छ, ‘निजामती ऐन २०४९ समावेशिता कोटा, पिछडिएको, आदिवासी, जनजाति, खसआर्य कोटा नराखी, शहिद तथा वेपत्ता भनी कार्यविधि पास गरेर राजपत्रमा नराखेरै नगरप्रहरी भर्ना गर्न लागिएको छ । कार्यविधि गुमराहमा राखी सोही कार्यविधि बमोजिम गरिएको नगर प्रहरीको विज्ञापनमा समावेशी तर्फ कोटा निर्धारण गर्दा संघीय कानुनसँग बाँझिने गरी नगर प्रहरी भर्ना प्रकृया अगाडि बढाउनु खेदजनक छ ।’
बोगटीले नेपालको संविधानको धारा ३३ र ४२ तथा निजामती सेवा ऐन, २०४९ को दफा ७ (७) विपरित हुने गरी गरिएको उक्त विज्ञापन कानुन सम्मत नभएको उल्लेख गरेका छन् । साथै उनले कुनै अमुख वर्गका व्यक्तिलाई फाइदा पुर्याउने किसिमबाट आफूखुशी र स्वेच्छाचारी रूपले योग्यता तोकी नियम बनाउने कार्य न्यायोचित हुन नसक्ने जिकिर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निःशुल्क स्वास्थ्य शिविरले महिलाको स्वास्थ्यमा सुधार
-
मानव गरिमाको संकट र हाम्रो सामाजिक चेतना
-
नेपाल–बेलायत आर्थिक साझेदारीमा नयाँ अध्याय, व्यापार र लगानी विस्तार गर्न दुई महत्त्वपूर्ण एमओयूमा हस्ताक्षर
-
सुदूरपश्चिमको बजेटः निरन्तरताभित्र नवीनता खोज्ने प्रयास
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
-
नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण