बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

श्रृंखलावद्धका प्रस्तुति सहित अष्ट्रेलियामा नेपथ्यको धमाका

बिहीबार, १५ असार २०७४, १६ : १४
बिहीबार, १५ असार २०७४

काठमाडौं – लोकरक ब्याण्ड नेपथ्यले यसवर्ष फेरि श्रृंखलावद्ध प्रस्तुती लिएर अष्ट्रेलिया यात्रा गर्ने भएको छ । त्यहाँ बसोबास गर्दै आएका नेपालीहरुको प्राथमिकतामा पर्दै आएको नेपथ्या लगातार श्रृंखलावद्ध प्रस्तुती लिएर त्यस मुलुकको यात्रा गर्दै आएको छ ।


नेपाली  विद्यार्थीको अध्ययन गर्ने मुख्य गन्तब्यका रुपमा अगाडि देखा पर्दै आएको यो देशमा  रहेका नेपाली विद्यार्थीको चाहनालाई ध्यानमा राखेर नेपथ्यले अष्ट्रेलिया यात्रा गर्न लागेको हो । 


यो वर्षको पहिलो नेपथ्य कन्सर्ट भने भिक्टोरीयाको मेलबोर्न सहरमा आयोजित हुनेछ । त्यहाँ स्थित यतीएफसीको आयोजनामा जुलाइ ८ मा आयोजना हुने कार्यक्रममा नेपथ्यले आफ्ना गीतहरु गुन्जाउनेछ । 


‘थ्रीकेजी इन्टरटेनमेन्ट’को आयोजनामा त्यहाँ जुलाइ १५ तारिखका सहरमा नरउड कन्सर्ट हलमा समेत कार्यक्रम हुनेछ ।


त्यसपछि भने नेपथ्य पृथ्वीको दक्षिणी गोलाद्र्धमै उसका सबैभन्दा धेरै प्रशंसकहरुले भरिएको सहर सिड्नीमा पुग्नेछ । सिड्नीमा ब्याण्डले जुलाइ २२ तारिखको दिन आफूलाई प्रस्तुत गर्नेछ । सँधैझैँ नेपथ्यको पुरानो मित्र ‘म्याग्दीओभरसिज’ले आयोजना गर्ने यो कन्सर्ट प्रसिद्ध हार्बर ब्रिजकै छेउमा रहेको ‘लुनापार्क’ स्थित बिग टप अडिटोरियममा आयोजना हुनेछ । नेपथ्यले यसअघि पनि उक्त हलमा आफुलाई प्रस्तुत गरिसकेको छ ।


‘श्रोता दर्शकको अपार माया पाउँदै आएको अष्ट्रेलियामा प्रस्तुतीका निम्ति सँधैजस्तै यसपाला पनि हामीले विशेष तवरबाट गीतहरु छनौट गरेका छौं,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङले भने ।


अष्ट्रेलियायात्रामा नेपथ्य सगैं ४ जनाब्यबश्थापक र प्राबिधिक टोलीको पनि सहभागिता रहनेछ । जम्मा १० जनाको नेपथ्य समुह अष्ट्रेलियाको लागि यहि जुलाई ४ तारिखका दिनसिल्क एयर को विमानबाट प्रस्थान गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप