बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

विवेक ओबेरोय पूर्व प्रेमिका ऐश्वर्याको बारेमा कुरा गर्न हिचकिचाए, भने –  मेरो जीवनको त्यो चरण समाप्त भइसक्यो

बिहीबार, २९ मङ्सिर २०७९, १६ : २५
बिहीबार, २९ मङ्सिर २०७९

कुनै समय ऐश्वर्या रायसँग सम्बन्धमा रहेका विवेक ओबेरोय अब यो सम्बन्धको बारेमा बोल्न चाहँदैनन् । हालै एक अन्तरवार्तामा विवेकलाई ऐश्वर्यासँगको सम्बन्धको बारेमा सोधिएको थियो, जसको विवेकले कुनै जवाफ दिन मानेनन् । किनभने विवेकको जीवनको त्यो अध्याय पूर्ण रूपमा बन्द भइसकेको छ ।

मेरो जीवनको त्यो चरण बितिसक्यो – विवेक

बलिउड बबललाई दिएको एक अन्तरवार्तामा विवेकलाई सोधिएको थियो – यदि करियरको सुरुमा पूर्व प्रेमिका ऐश्वर्या रायसँगको सम्बन्धलाई सार्वजनिक नगरेको भए के हुन्थ्यो ?

यस प्रश्नको विवेकले कुनै जवाफ दिन मानेनन् । थप कुराकानीमा विवेकले भने( ‘म यो प्रश्नको जवाफ दिने छैन, किनकि मेरो जीवनको त्यो चरण बितिसकेको छ ।’

वास्तवमा विवेक र ऐश्वर्या एकअर्कासँग सम्बन्धमा थिए तर त्यो सम्बन्ध लामो समय टिक्न सकेन । ऐश्वर्याका पूर्व प्रेमी सलमान खानसँगको शत्रुताका कारण विवेकका लागि त्यो चरण कठिनपूर्ण रह्यो । ऐश्वर्यासँग उनको प्रेम जीवन र विवादको असर विवेकको फिल्मी करियरमा पर्यो । सायद यसै कारणले उनी ऐश्वर्यासँग आफ्नो सम्बन्धबारे कुरा गर्न चाहँदैनन् ।

तपाईंले सार्वजनिक रूपमा यसरी बोल्नबाट जोगिनु पर्छ – विवेक

अन्तरवार्तामा विवेकलाई ऐश्वर्यासँगको सम्बन्ध समाप्त भएपछि आफ्नो व्यक्तिगत जीवनको बारेमा किन नबोल्नुभएको भनेर सोधियो । यसको जवाफमा विवेकले भने, ‘मलाई लाग्छ यदि तपाईं आफ्नो पर्सनल लाइफको बारेमा मानिसहरूले चर्चा वा कुरा नगरुन् भन्ने चाहनुहुन्न भने तपाईंले सार्वजनिक रुपमा यस्तो कुरा गर्नबाट जोगिनुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप