स्पेनको क्लबसँग गण्डकीले मैत्रीपूर्ण फुटबल खेल्ने
शुक्रबार, ०१ पुस २०७९, ०८ : २६
पोखरामा गण्डकी प्रदेश र स्पेनको बि डिभिजन क्लबबीच मैत्रीपूर्ण फुटबल हुने भएको छ । स्पेनी क्लब काथेरेन्योसँग पुस १३ गते गण्डकीले प्रतिस्पर्धा गर्नेछ । लुम्बिनी गार्डेन फाउण्डेसनको आयोजना र कास्की जिल्ला फुटबल संघको सहकार्यमा प्रतियोगिता हुन लागेको फाउण्डेसनका उपाध्यक्ष गोविन्द सुवेदीले जानकारी दिए ।
उक्त टीममा विश्वकप खेलेका पूर्व खेलाडी मिचेन, मानवेलसहितका खेलाडी सहभागी हुने छन् । स्पेनबाट ५२ जनाको टोली पोखरा आउने छ । गण्डकीको टीमबाट नेपाली फुटवल टिमका पूर्वकप्तान अनिल गुरुङले कप्तानी गर्नेछन् । गण्डकीको टोली अहिले बन्द प्रशिक्षणमा छ ।
केही दिनमा २५ जना खेलाडी छनोट गरी मैत्रीपूर्ण खेलका लागि कम्तीमा एक हप्ता प्रशिक्षण गर्न लागिएको कप्तान गुरुङले जानकारी दिए । सोही टोलीले पुस १४ गते काठमाडौंमा पनि मैत्रीपूर्ण खेल खेल्ने छ ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी
-
अनलाइन ठगीबाट कसरी जोगिने ?
-
मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र अर्थतन्त्रले गति लिन्छ : राजेन्द्र मल्ल
-
बागमती प्रदेश सरकारद्वारा ७ जना विपन्न विद्यार्थीलाई प्राविधिक उच्च शिक्षा छात्रवृत्ति वितरण
-
प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
-
असार २५ र २६ गते विभागले राहदानी वितरण सुचारु राख्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण