शाहरुखको ‘पठान’लाई गुजरातमा प्रतिबन्ध लगाउन माग
शाहरुख खानको फिल्म पठानलाई गुजरातमा प्रतिबन्ध लगाउन माग गरिएको छ । विश्व हिन्दू परिषद् र बजरंग दलले फिल्म गुजरातमा रिलिज भएमा कुनै अप्रिय घटना भएमा थिएटर मालिक जिम्मेवार हुने चेतावनी दिएका छन् ।
उनीहरू भन्छन्, ‘फिल्मको गीतलाई अश्लीलतासँग केसर जोडेर ‘बेशराम रंग’ नाम दिइएको छ । यो गीतले बलिउडको विकृत हिन्दू विरोधी मानसिकता देखाएको छ । हामी यी दृश्यहरू सहितको फिल्म गुजरातमा रिलिज हुन दिँदैनौं।’
पठानको गीत ‘बेशरम रंग’मा दीपिका पादुकोणले भगवा रंगको बिकिनी लगाएकी छिन् । केही सामाजिक सञ्जाल प्रयोगकर्ताले भगवा रङ हिन्दू धर्मको प्रतीक भएको भन्दै दीपिकाले यही रङ लगाएर ‘बेशरम रंग’को गीतमा नाच्दै गरेको निकै आपत्तिजनक रहेको बताएका छन् ।
यता पठान विवादका बीच शाहरुख खानले मौनता तोडेका छन् । फिल्मको विवादका बीच उनले पहिलो पटक सार्वजनिक बयान दिएका हुन् । बिहीबार कोलकाता इन्टरनेशनल फिल्म फेस्टिभलमा शाहरुखले इशारेमा भने, ‘संसारले जे चाहन्छ त्यो गरून् । म र तपाईं सबै सकारात्मक व्यक्तिहरू ... सबै जीवित छौँ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीको स्थानीयतहको बजेट ९ अर्ब ७१ करोड
-
वैदेशिक रोजगारीको कालो ऐना: मेनपावर व्यवसायी, कामदार र राज्यको दोहोरो चरित्र
-
प्रचण्ड गर्मीको चपेटामा युरोप, फ्रान्समा डुबेर मर्नेहरूको संख्या अत्यधिक
-
राजनीतिक संकटपछि भनेजुएलामा दुई शक्तिशाली भूकम्पको धक्का, तस्बिरहरू
-
सामूहिक खेती पद्धतिलाई प्रोत्साहन गर्दै हेटौँडा उपमहानगर
-
क्यानडाका कोनेको खुट्टा भाँच्ने कतारी मिडफिल्डरलाई पाँच खेलको प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण