प्रदेश अधिवेशनको बाटो खुला
आइतबार, ०३ पुस २०७९, ०७ : ०२
निर्वाचन आयोगले प्रदेश सांसदको विवरण सातवटै प्रदेशका प्रमुखहरूलाई शनिबार बुझाएसँगै सम्बन्धित प्रदेशसभा अधिवेशन आहवान गर्न बाटो खुलेको छ । आयोगले सम्बन्धित प्रदेशसभा सदस्यको पहिलो हुने र समानुपातिक निर्वाचन प्रणालीबाट निवार्चित हुने सदस्यहरूको नामावली समावेश गरी प्रत्येक प्रदेशका प्रमुखहरूलाई अलगअलग एकै प्रतिवेदन बुझाएको हो ।
गत मंसिर ४ गते आइतबार सम्पन्न प्रतिनिधिसभासँगै प्रदेशसभा सदस्यको निर्वाचनबाट निर्वाचित सांसदको नामावली बुधबार घोषणा गरेको थियो । प्रत्यक्षतर्फबाट निर्वाचित ३ सय ३० र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित २ सय २० गरी ५ सय ५० जना प्रदेश सांसदको विवरण सम्बन्धित प्रदेश प्रमुखलाई बुझाएको निर्वाचन प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते
-
अफ सिजनमा गुलजार नेपाली पर्यटन : भारतीय पर्यटक तान्न केले गर्यो काम ?
-
नेदरल्यान्ड्स र मोरक्कोबिचको पहिलो हाफ गोलरहित बराबरी
-
खडेरीले बागलुङमा रोपाइँ प्रभावितः मध्य असारसम्म ३८ प्रतिशत
-
जननेता मदन भण्डारीलाई सम्झँदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण