विहारको न्यून चापीय प्रणालीको सामान्य प्रभाव, वर्षा र हिमपातको सम्भावना
विहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको छ। देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही तराईका थोरै स्थानहरूमा हुस्सु/कुहिरो रहेको छ।
सोमबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
मंगलबार पनि देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण