मधेस प्रदेशको नेता चयन गर्ने जिम्मा सिके राउतलाई
जनमत पार्टीले मधेस प्रदेशको प्रदेश सभाको संसदीय दल नेता चयन गर्न सकेन । नेता चयन गर्ने जिम्मेवारी सो पार्टीका अध्यक्ष सिके राउतलाई दिएको छ ।
जनकपुरमा आज बसेको कार्यकारिणी समितिको बैठकमा नेता चयनको विषयमा छलफल हुँदा सो पदका लागि छ जनाले दाबी गरेका थिए । छ जनामा सहमति बनाउने प्रयास गरेपनि कसैले फिर्ता लिन मानेनन् । त्यसपछि चुनाव गराउने कुरा पनि उठेको थियो तर चुनाव गएपछि राम्रो सन्देश नजाने भएपछि त्यसलाई टुग्यांउने जिम्मेवारी अध्यक्ष राउतलाई दिएको छ ।
जनमतका प्रदेश सभा सदस्यहरू चन्दन सिंह, वसन्त कुशवाहा, संजय यादव, सतिश सिंह, महेश यादव र त्रिभुवन साह संसदीय दलको नेताको आकांक्षी रहेका छन् । संसदीय दलको नेतासहित उपनेता, सचेतक, सचिव, कोषाध्यक्षको चयन पनि अध्यक्ष राउतलाई नै दिएको छ । अध्यक्ष राउतले आजै राति नभए संसदको शपथपछि संसदीय दलको नेताको टुंगो लगाउने जनमत पार्टीका एक नेताले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसद्वारा युक्रेनको युद्ध रोक्ने नयाँ प्रस्ताव अस्वीकार, चार क्षेत्र कब्जा गर्ने लक्ष्य नछाड्ने घोषणा
-
अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुर्व्यसनीको उपचार
-
मदिरा खाएका कर्मचारीले एक्स–रे गरेः निकाल्नुपर्ने कुइनोको, निकालिदिए खुट्टाको
-
अस्पताल भवन निर्माण अलपत्र
-
भीएआरका ५ गडबडी : इरानको गोल रद्ददेखि घानाको पेनाल्टीसम्म
-
गाडीको कालो सिसा हटाउने विषयमा ट्राफिक प्रहरी र नाडाबिच यस्तो भयो सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण