मधेस प्रदेशको नेता चयन गर्ने जिम्मा सिके राउतलाई

जनमत पार्टीले मधेस प्रदेशको प्रदेश सभाको संसदीय दल नेता चयन गर्न सकेन । नेता चयन गर्ने जिम्मेवारी सो पार्टीका अध्यक्ष सिके राउतलाई दिएको छ ।
जनकपुरमा आज बसेको कार्यकारिणी समितिको बैठकमा नेता चयनको विषयमा छलफल हुँदा सो पदका लागि छ जनाले दाबी गरेका थिए । छ जनामा सहमति बनाउने प्रयास गरेपनि कसैले फिर्ता लिन मानेनन् । त्यसपछि चुनाव गराउने कुरा पनि उठेको थियो तर चुनाव गएपछि राम्रो सन्देश नजाने भएपछि त्यसलाई टुग्यांउने जिम्मेवारी अध्यक्ष राउतलाई दिएको छ ।
जनमतका प्रदेश सभा सदस्यहरू चन्दन सिंह, वसन्त कुशवाहा, संजय यादव, सतिश सिंह, महेश यादव र त्रिभुवन साह संसदीय दलको नेताको आकांक्षी रहेका छन् । संसदीय दलको नेतासहित उपनेता, सचेतक, सचिव, कोषाध्यक्षको चयन पनि अध्यक्ष राउतलाई नै दिएको छ । अध्यक्ष राउतले आजै राति नभए संसदको शपथपछि संसदीय दलको नेताको टुंगो लगाउने जनमत पार्टीका एक नेताले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन व्यवसायीबिच ‘व्यवसायिक साझेदारी बैठक’
-
वनमन्त्री शाही जर्मनी प्रस्थान
-
नेपालका लागि अर्मेनियाको अवैतनिक वाणिज्यदूतमा मल्ल
-
सिरहा विभेद घटना : गाउँपालिका अध्यक्ष र पूर्व वडाध्यक्षलाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थप
-
आखेटोपहार सहित युवक पक्राउ
-
१० बजे १० समाचार : भोलि प्रमुख तीन दलको बैठक, पूर्वराजालाई देउवाको सुझाव