जग खन्दा भेटियो तोपगोला !
बुधबार, ०६ पुस २०७९, ०६ : २१
पाल्पा जिल्लाको सदरमुकाम तानसेनमा दुई÷तीन सय वर्षअघिको युद्धमा प्रयोग भएका हुन सक्ने तोपका गोला’ फेला परेका छन् । तानसेन नगरपालिकाको वडा नंं. ४ स्थित पुरानो गोलाखानामा (हाल पाल्पा अस्पताल नजिक) भीमसेन थापाको पालादेखि राणाकालसम्म प्रयोग हुने हतियार तोपका गोला भेटिएको हो ।
नेपाली सेनाले पाहुनाघर (गेस्ट हाउस) बनाउन घडेरी खन्ने क्रममा गोलाखानामा पुरानो हतियार तोपगोला भेटिएको हो । पाल्पामा नेपाली सेनाको पल्टन स्थापना भएदेखि नै गोलाखाना (तोपका गोला बनाउने स्थान) सञ्चालनमा रहेको थियो । उक्त गोलाखाना प्रजातन्त्र स्थापना भएपछि बन्द भएको बताइएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते
-
अफ सिजनमा गुलजार नेपाली पर्यटन : भारतीय पर्यटक तान्न केले गर्यो काम ?
-
नेदरल्यान्ड्स र मोरक्कोबिचको पहिलो हाफ गोलरहित बराबरी
-
खडेरीले बागलुङमा रोपाइँ प्रभावितः मध्य असारसम्म ३८ प्रतिशत
-
जननेता मदन भण्डारीलाई सम्झँदा
-
हेटौँडा उपमहानगरको उपलब्धि : ४ वर्षमा १० किलोमिटर कालोपत्र सडक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण