सदनमा भौतिक दुरी कायम राखेर शपथ
बुधबार, ०६ पुस २०७९, ०६ : ३७
प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई भौतिक दुरी कायम गरी पद तथा गोपनीयताको शपथ गराइने भएको छ । नवनिर्वाचित सांसदलाई नयाँबानेश्वरस्थित संसद् भवनमा भौतिक दुरी कायम गरेर बिहीबार शपथ गराउने तयारी संसद् सचिवालयले गरेको छ ।
कोरोना महामारीमा भौतिक दुरी कायम गरी संसद् बैठक सञ्चालन गरिएको थियो । अहिले कोरोना संक्रमणदर न्यून छ। तापनि सम्भावित संक्रमणबाट जोगिन सदनमा सांसदको शपथ तथा बैठक सञ्चालन गर्दा भौतिक दुरी कायम गरिने भएको हो।
शपथमा ठूला दल प्रत्येकलाई एउटा ुरोु उपलब्ध गराइनेछ । त्यस्तै साना दलको हकमा एउटा से विभाजन गरी कम्तीमा दुइटा दलका लागि उपलब्ध गराउने तयारी भएको संसद् सचिवालयले जनाएको छ । यो समाचार नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते
-
अफ सिजनमा गुलजार नेपाली पर्यटन : भारतीय पर्यटक तान्न केले गर्यो काम ?
-
नेदरल्यान्ड्स र मोरक्कोबिचको पहिलो हाफ गोलरहित बराबरी
-
खडेरीले बागलुङमा रोपाइँ प्रभावितः मध्य असारसम्म ३८ प्रतिशत
-
जननेता मदन भण्डारीलाई सम्झँदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण