शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

हेर्दाहेर्दै मतपत्रको फोटो खिचियो : गगन थापा

बुधबार, ०६ पुस २०७९, १० : ३०
बुधबार, ०६ पुस २०७९

कांग्रेस संसदीय दलको चुनावमा केही सांसदहरुले भोट हालेपछि मतपत्रको फोटो खिचेका छन् ।  बुधबार सिंहदरवार स्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको मतदानमा सिनियर नेताकै निर्देशनमा केही सांसदहरुले आफूले हालेको मतको तस्विर खिचेका हुन् । 

संसदीय दलको नेताका लागि उम्मेदवार बनेका महामन्त्री गगन थापाले भन्दाभन्दै पनि केही सांसदले फोटो खिचेको बताए । उनले ठुला नेताको निर्देशनमा सांसदहरुले फोटो खिचेको आफूले पाएको थापाको भनाइ छ । ‘देख्दादेख्दै, भन्दाभन्दै र हेर्दा हेर्दै पार्टीका केही सिनियर नेताहरु छेउमा आएर कुरेको भन्दै बसिराख्नुभयो । मेरै आँखा अगाडि भन्दाभन्दै पनि १०,११ जनाले मोवाइल निकालेर मतपत्रको तस्विर खिच्नुभयो’, थापाले संचारकर्मीसँग भने,‘पार्टीभित्र लोकतन्त्रका लागि यत्रो अभ्यास भइरहेको बेलामा सांसद आफैले पनि बुझ्ने कुरा हो । किन खिच्नुभएको हो ? कि खिचेपछि सार्वजनिक गरिदिनुस् ।’

उनले जित हार आफ्नो ठाउँमा भएपनि दलको निर्वाचनमा कांग्रेसले अपनाएको प्रक्रिया लोकताीन्त्रक भएको बताए । ‘यसले आन्तरिक लोकतन्त्रको सुन्दरपक्ष उजागर भएको छ’, थापाले भने, ‘सांसदहरुले जनतासमक्ष गरेको प्रतिबद्धता यहाँ पुरा गर्नुभएको छ भन्ने लागेको छ ।’ 

उनले यसअघिको संसदीय दलको निर्वाचनमा शेरबहादुर देउवा र प्रकाशमान सिंहवीच प्रतिस्पर्धा हुँदा आफुले प्रकाशमान सिंहको पक्षमा मतदान गरेको भन्दै आफुलाई त्यसवेला निर्वाचित गर्ने मतदाताको चाहाना कांग्रेसको नेतृत्व बदलियोस् रहेको बताए । ‘त्यसकारण त्यो मेरो धर्म थियो र प्रकाशमान सिंहको पक्षमा उभिएर धर्म निर्वाह गरेँ’, उनले अहिले पनि कांग्रेसको नेतृत्व र शैली बदललिनुपर्छ भन्ने अपेक्षा अनुसार नै सांसदहरुले निर्णय लिनुभयो होला भन्ने लागेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप