राष्ट्रपति भण्डारी आज बुटवल आउँदै
राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार बुटवल आउँदैछिन् । बुटवलमा बिहीबारदेखि शुरु हुने १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन गर्न भण्डारी बुटवल आउन लागेकी हुन् ।
बुटवलको रामनगरस्थित प्रदर्शनी मण्डपमा हुने प्रदर्शनीको उद्घाटन गर्न दिउँसो १ बजे राष्ट्रपति भण्डारी बुटवल आउने आयोजकले बताएका छन् । आयोजक रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलका अनुसार औद्योगिक प्रदर्शनीको सम्पूर्ण तयारी पुरा भएको छ ।
अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी स्थल तयार भएपछि बुटवल मण्डपमा यो पहिलो प्रदर्शनी हुन लागेको हो । स्थायी संरचना निमार्ण भएपछि प्रदर्शनी थप ब्यवस्थित रुपमा हुन लागेको आयोजकले बताएका छन् ।
प्रदर्शनीको पूर्वसन्धामा बुधबार विभिन्न संघसंस्थाले सचेतना र्याली निकालेका थिए । प्रदर्शनीमा ४ सय ५० स्टलहरू सहभागी छन् । प्रदर्शनी पुस १९ गतेसम्म चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंककको बारमा आगलागी : २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते
-
लुम्बिनीमा धान रोपाइँ ५९.९४ प्रतिशत
-
ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्रे योजना अधुरै
-
इटहरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा कटुवाल विजयी
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
तराई नजिक मनसुनको न्यून चापीय रेखा : तीन प्रदेशमा भारी वर्षाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण