२१ वर्षपछि पर्दामा अनिल र ज्याकीको पुनर्मिलन
बलिउड अभिनेता अनिल कपुर चाँडै अनीस बज्मीको फिल्ममा देखिने भएका छन् । यस फिल्ममा अनिलसँग ज्याकी श्राफ पनि हुनेछन् । अनीस र सुभाष घई दुवै मिलेर यो फिल्म बनाउँदैछन् । मिडिया रिपोर्टका अनुसार कमेडीमा आधारित यो फिल्म चोर र प्रहरीको कथामा आधारित हुनेछ ।
पिंकभिल्लाका अनुसार यस फिल्मको शीर्षक ‘चोर पुलिस’ राखिएको छ । जब अनीसले अनिल र ज्याकीलाई फिल्मको कथा सुनाए, उनीहरूलाई यो धेरै मन पर्‍यो र उनीहरूले तुरुन्तै यसमा काम गर्न स्वीकार गरे। अनिल फिल्मका लागि अनीस बज्मीको पहिलो रोजाइ थिए। त्यसपछि सुभाष घईले ज्याकीको नाम सुझाए । चलचित्रका लागि छिट्टै थप सेलिब्रेटीलाई पनि कास्ट गरिनेछ ।
अनिल कपूर र ज्याकी श्राफले ‘परिंदा’, ‘कर्मा’, ‘राम लखन’ जस्ता १२ फिल्ममा सँगै काम गरेका छन् । ज्याकी र अनिल पछिल्लो पटक सन् २००१ मा रिलिज भएको फिल्म ‘लज्जा’ मा सँगै देखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्लाका आठवटै स्थानीय तहले ल्याए बजेट
-
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यका लागि मतदान जारी
-
नकआउट चरणको आशसहित दक्षिण अफ्रिका र दक्षिण कोरिया प्रतिस्पर्धामा
-
लमजुङमा विद्युत् उत्पादन बढ्यो
-
आज निर्जला एकादशी, तुलसीको दल राख्ने दिन
-
मनसुनी, पश्चिमी र स्थानीय वायुको प्रभाव : आज कुन-कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण