५ हजार ६४४ उद्योगलाई विदेशी लगानीको स्वीकृति
नेपालमा हालसम्ममा पाँच हजार ६ सय ४४ ओटा उद्योगलाई विदेशी लगानी स्वीकृत गरिएको छ । जसमध्ये गत मङ्सिर महिनामा मात्र १६ ओटा उद्योगलाई विदेशी लगानीका लागि स्वीकृति दिइएको उद्योग विभागले जनाएको छ । विभागले गत कात्तिकमा पनि २४ ओटा उद्योगलाई विदेशी लगानीका लागि स्वीकृति दिएको थियो ।
मङ्सिरमा स्वीकृति दिएका १६ ओटै उद्योग साना उद्योग हुन् भने कात्तिकमा एउटा ठुलो उद्योगलाई, ४ ओटा मझौला उद्योगलाई र १९ ओटा साना उद्योगलाई स्वीकृति दिइएको हो । मङ्सिरमा स्वीकृति दिइएका मध्यै २ ओटा उत्पादनमूलक, ८ ओटा पर्यटनमूलक र ६ ओटा सेवामूलक रहेका छन् । यसैगरी कात्तिकमा स्वीकृति दिइएका विदेशी लगानीहरुमा १२ ओटा पर्यटनमूलक, सेवामूलक १० ओटा, पूर्वाधार र सूचनाप्रविधि १/१ ओटा रहेका छन् । मङ्सिर महिनामा स्वीकृति पाएका १६ ओटा उद्योगहरूबाट ८४ करोड ९० लाख पुँजी लगानी गर्ने उद्योग विभागले जनाएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते
-
अफ सिजनमा गुलजार नेपाली पर्यटन : भारतीय पर्यटक तान्न केले गर्यो काम ?
-
नेदरल्यान्ड्स र मोरक्कोबिचको पहिलो हाफ गोलरहित बराबरी
-
खडेरीले बागलुङमा रोपाइँ प्रभावितः मध्य असारसम्म ३८ प्रतिशत
-
जननेता मदन भण्डारीलाई सम्झँदा
-
हेटौँडा उपमहानगरको उपलब्धि : ४ वर्षमा १० किलोमिटर कालोपत्र सडक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण