पाँच महिनामा ३८ हजारले लिए 'नो अब्जेक्सन लेटर’
पाँच महिनाको अवधिमा विदेशमा उच्च शिक्षा आर्जन गर्न चाहने ३८ हजार ६१ जनाले 'नो अब्जेक्सन लेटर (एनओसी) ' लिएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको यो तथ्याङ्कले विशेष गरी युवापुस्ता मुलुकमा टिक्न नसकेको डरलाग्दो अवस्थाको चित्रण गरेको छ ।
स्वदेशी शिक्षाको प्रवर्द्धनका लागि सरकार तथा निजी क्षेत्रबाट स्थानीय स्तरमै विभिन्न अभियान सञ्चालन गरिएको भए पनि प्रभावकारी हुनसकेको छैन । उच्च शिक्षा अध्ययनका लागि विदेशिने क्रम बढेसँगै स्वदेशी क्याम्पस सञ्चालकहरूले भने चिन्ता व्यक्त गरेका छन् । मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन प्रमाणीकरण शाखाका प्रमुख वासुदेव वस्तीका अनुसार गत साउनदेखि मङ्सिर मसान्तसम्म 'नो अब्जेक्सन लेटर' लिएकाहरूबाट राज्यले आठ करोड २१ लाख ३२ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ। यस अवधिमा एक हजार ५५८ जनाको नो अब्जेक्सन लेटर रद्द भएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते
-
अफ सिजनमा गुलजार नेपाली पर्यटन : भारतीय पर्यटक तान्न केले गर्यो काम ?
-
नेदरल्यान्ड्स र मोरक्कोबिचको पहिलो हाफ गोलरहित बराबरी
-
खडेरीले बागलुङमा रोपाइँ प्रभावितः मध्य असारसम्म ३८ प्रतिशत
-
जननेता मदन भण्डारीलाई सम्झँदा
-
हेटौँडा उपमहानगरको उपलब्धि : ४ वर्षमा १० किलोमिटर कालोपत्र सडक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण