प्रधानमन्त्री र राष्ट्रपति दुवै कांग्रेसले लिए माओवादी प्रतिपक्षमा बस्ने
प्रधानमन्त्री र राष्ट्रपति दुवै कांग्रेसले लिए नेकपा (माओवादी केन्द्र) प्रतिपक्षमा बस्ने भएको भएको छ । आज बिहान खुमलटारमा बसेको पदाधिकारी बैठकले राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसले लिएमा प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्ने निर्णय गरेको हो ।
नेपाली कांग्रेसका सभापति एवम् प्रधामन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चुनाव लगतै प्रचण्डलाई प्रधानमन्त्री बनाउने समझदारी भएको थियो । तर, अहिले राष्ट्रपति र प्रधानमन्त्री दुबै कांग्रेस बन्न खोजे सरकारमै सहभागी नहुने एक पदाधिकारीले बताए ।
‘हामीले गठबन्धनको इमान्दारिताका साथ पालना गरेका छौं । चुनाव लगतै प्रचण्ड कमरेडलाई प्रधामन्त्री बनाउने भद्र सहमति भयो । त्यसैले पहिलो चरणको प्रधानमन्त्री आधा कार्यकालको पहिलो चरण माग गरेका हौं’ ति पदाधिकारीले भने, ‘अहिले कांग्रेस नेताहरु राष्ट्रपति र प्रधानमन्त्री मेरै हुनुपर्छ भन्छन् । त्यसरी समझदारी गरेर जान सकिँदैन । बरु प्रतिपक्षमा बसेर पार्टी र संगठन बनाउनुपर्छ भन्ने सुझाव दिएका छौं ।’
प्रधानमन्त्री देउवाकै कारण गठबन्धन टुट्ने अवस्थामा पुगेको ति पदाधिकारीले बताए । अब गठबन्धन रहने वा नरहने देउवाकै हातमा भएको माओवादी नेताहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३१ दिनपछि यसरी गरिँदैछ अयातोल्लाह अली खामेनेईको अन्त्येष्टि
-
४ निकाय सचिवविहीन, ६ सचिव जगेडामा
-
शपथका लागि घण्टीघरमा जमघट, तस्बिरहरू
-
८ विश्वविद्यालयको उपकुलपतिका लागि ३/३ जनाको नाम टुंगियो, अब निर्णयको तयारी
-
निरन्तर १२ खेलमा अपराजित बन्यो मेक्सिको, जम्मा दुई गोल खाँदा २३ गोल गर्यो
-
तर्कभन्दा बाहिर हालान्डको तथ्यांक : ५३ खेलमै ६० गोल, रोनाल्डोलाई उछिन्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण