शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री र राष्ट्रपति दुवै कांग्रेसले लिए माओवादी प्रतिपक्षमा बस्ने

आइतबार, १० पुस २०७९, ११ : ०७
आइतबार, १० पुस २०७९

प्रधानमन्त्री र राष्ट्रपति दुवै कांग्रेसले लिए नेकपा (माओवादी केन्द्र)  प्रतिपक्षमा बस्ने भएको भएको छ । आज बिहान खुमलटारमा बसेको पदाधिकारी बैठकले राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसले लिएमा प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेसका सभापति एवम् प्रधामन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चुनाव लगतै प्रचण्डलाई प्रधानमन्त्री बनाउने समझदारी भएको थियो । तर, अहिले राष्ट्रपति र प्रधानमन्त्री दुबै कांग्रेस बन्न खोजे सरकारमै सहभागी नहुने एक पदाधिकारीले बताए ।

‘हामीले गठबन्धनको इमान्दारिताका साथ पालना गरेका छौं । चुनाव  लगतै प्रचण्ड कमरेडलाई प्रधामन्त्री बनाउने भद्र सहमति भयो । त्यसैले पहिलो चरणको प्रधानमन्त्री आधा कार्यकालको पहिलो चरण माग गरेका हौं’ ति पदाधिकारीले भने, ‘अहिले कांग्रेस नेताहरु राष्ट्रपति र प्रधानमन्त्री मेरै हुनुपर्छ भन्छन् । त्यसरी समझदारी गरेर जान सकिँदैन । बरु प्रतिपक्षमा बसेर पार्टी  र संगठन बनाउनुपर्छ भन्ने सुझाव दिएका छौं ।’ 

प्रधानमन्त्री देउवाकै कारण गठबन्धन टुट्ने अवस्थामा पुगेको ति पदाधिकारीले बताए । अब गठबन्धन रहने वा नरहने देउवाकै हातमा भएको माओवादी नेताहरुले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप