वार्नरको दोहोरो शतकमा कीर्तिमानै कीर्तिमान
मङ्गलबार, १२ पुस २०७९, १२ : १९
डेभिड वार्नर आफ्नो १ सयौँ टेस्टमा शतक बनाउने १० औँ खेलाडी बनेका छन् भने दोहोरो शतक बनाउने मात्र दोस्रो खेलाडी पनि बनेका छन् । दक्षिण अफ्रिकाविरुद्ध एमसीजीमा वार्नरले तीन वर्षको शतक खडेरी पनि अन्त्य गरेका छन् । सन् २०२० को जनवरी यता उनले २७ इनिङ्समा शतक बनाउन सकेका थिएनन् ।
टेस्ट क्रिकेटमा उनको २५ औँ टेस्ट शतक हो भने तेस्रो दोहोरो शतक हो । यसअघि अस्ट्रेलियाबाट रिकी पोन्टिङले आफ्नो १ सयौँ टेस्टमा शतक बनाएका थिए । वार्नर अघि इंग्ल्याण्डका जो रुटले मात्र आफ्नो १ सयौँ टेस्टमा दोहोरो शतक बनाएका थिए ।
यस्तै, वार्नर आफ्नो १ सयौँ एकदिवसीय खेल र १ सयौँ टेस्टमा शतक बनाउने दोस्रो खेलाडी बनेका छन् । यसअघि गोर्डन ग्रिनिजले उपलब्धि हासिल गरेका थिए । यसैगरी टेस्ट क्रिकेटमा ८ हजार पुरा गर्ने उनी आठौँ अस्ट्रेलियन खेलाडी बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी
-
अनलाइन ठगीबाट कसरी जोगिने ?
-
मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र अर्थतन्त्रले गति लिन्छ : राजेन्द्र मल्ल
-
बागमती प्रदेश सरकारद्वारा ७ जना विपन्न विद्यार्थीलाई प्राविधिक उच्च शिक्षा छात्रवृत्ति वितरण
-
प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
-
असार २५ र २६ गते विभागले राहदानी वितरण सुचारु राख्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण