शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘कमेडी च्याम्पियन ३’ कहिले ?

शुक्रबार, १५ पुस २०७९, १२ : ३०
शुक्रबार, १५ पुस २०७९

चर्चित कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को तेस्रो सिजनको अडिसन अंग्रेजी नयाँ वर्षदेखि सुरु हुने भएको छ । जनवरी १ देखि जनवरी ३० सम्म सहभागी हुन चाहने प्रतिस्पर्धीहरुले अडिसन दिन सक्ने निर्देशक विशाल भण्डारीले बताए ।

सहभागी हुन चाहने प्रतिस्पर्धीले पे वेल एप डाउनलोड गरेर आफ्नो भिडियो पठाउन सक्नेछन् । भिडियोको लम्बाई ५ मिनेटसम्मको हुने आयोजकले बताएको छ । हाँस्य क्षेत्रमा केही नयाँ गर्न चाहनेहरुका लागि यो शो सर्वाधिक सफल मानिन्छ । यही शोबाट देशले नयाँ नयाँ कमेडियनहरु पाएको छ ।

‘कमेडी च्याम्पियन’ को पहिलो सिजन हिमेश पन्तले जितेका थिए भने दोस्रो सिजन भरतमणि पौडेलले जितेका थिए । यी दुवै अहिले भने खाली छन् । थ्री प्रोडक्शन प्रालिले यो शोको निर्माण गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप