‘कमेडी च्याम्पियन ३’ कहिले ?
शुक्रबार, १५ पुस २०७९, १२ : ३०
चर्चित कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को तेस्रो सिजनको अडिसन अंग्रेजी नयाँ वर्षदेखि सुरु हुने भएको छ । जनवरी १ देखि जनवरी ३० सम्म सहभागी हुन चाहने प्रतिस्पर्धीहरुले अडिसन दिन सक्ने निर्देशक विशाल भण्डारीले बताए ।
सहभागी हुन चाहने प्रतिस्पर्धीले पे वेल एप डाउनलोड गरेर आफ्नो भिडियो पठाउन सक्नेछन् । भिडियोको लम्बाई ५ मिनेटसम्मको हुने आयोजकले बताएको छ । हाँस्य क्षेत्रमा केही नयाँ गर्न चाहनेहरुका लागि यो शो सर्वाधिक सफल मानिन्छ । यही शोबाट देशले नयाँ नयाँ कमेडियनहरु पाएको छ ।
‘कमेडी च्याम्पियन’ को पहिलो सिजन हिमेश पन्तले जितेका थिए भने दोस्रो सिजन भरतमणि पौडेलले जितेका थिए । यी दुवै अहिले भने खाली छन् । थ्री प्रोडक्शन प्रालिले यो शोको निर्माण गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण