बागमती गोल्डकप पुस २४ बाट
आगामी पुस २४ गतेबाट बागमती गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा बागमती गोल्डकप फुटबल प्रतियोगिताको पाँचौं संस्करण पौस २४ गतेदेखि माघ ३ गतेसम्म हुने भएको हो ।
आयोजक समितिले पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा एक विदेशी क्लबसहित १० टिमले सहभागिता रहने जानकारी दिएको हो । प्रतियोगितामा अमेरिकन क्लब भुटनिज युथ स्पोर्ट्स क्लबसहित ए डिभिजनका ७ वटा र मोफसलको २ वटा टिमको सहभागिता रहने बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष टिकालाल श्रेष्ठले बताए । प्रतियोगितामा विभागीय क्लब त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, एपिएफ क्लब, मच्छिन्द्र क्लब, हिमालयन शेर्पा क्लब, चर्च ब्योइज क्लब, मकवानपुर-११ र जावलाखेल युथ क्लबको सहभागिता रहने अध्यक्ष श्रेष्ठले बताए ।
प्रतियोगिताको उपाधि विजेता टोलीले नगद ८ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ४ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही दश दश हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउनेछन् । हरेक खेलको म्यान अफ दि म्याचलाई नगद ५ हजार पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगिता सञ्चालनका लागि करिब ७१ लाग खर्च हुने आयोजकको अनुमान छ । खेल बागमती–८, फापरबारी स्थित जनता माविको मैदानमा हुनेछ । चौँथो संस्करणको उपाधि अफ्रिकन रुट्स एशोसिएसन क्यामरुनलाई हराउँदै ‘ए’ डिभिजन क्लब थ्री स्टारले जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी
-
अनलाइन ठगीबाट कसरी जोगिने ?
-
मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र अर्थतन्त्रले गति लिन्छ : राजेन्द्र मल्ल
-
बागमती प्रदेश सरकारद्वारा ७ जना विपन्न विद्यार्थीलाई प्राविधिक उच्च शिक्षा छात्रवृत्ति वितरण
-
प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
-
असार २५ र २६ गते विभागले राहदानी वितरण सुचारु राख्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण