मधेस आन्दोलनले लागुऔषध व्यापार फस्टायो, ठूलो संख्यामा लागुऔषधसहित ३१ जना पक्राउ
सोमबार, ०७ मङ्सिर २०७२, १३ : ३७
सुनसरी– तराईका केही जिल्लाहरुमा जारी मधेस आन्दोलनले पूर्वमा लागुऔषध व्यापार फस्टाएको पाइएको छ । आन्दोलन नियन्त्रणका लागि प्रहरीहरु राजमार्गमा केन्द्रीत भएपछि त्यसैको मौका छोप्दै व्यापारीहरुले भारी मात्रामा लागुऔषध पूर्व क्षेत्रमा भित्र्याउने गरेको पाइएको हो ।
इलाका प्रहरी कार्यालय धरानले सोमबार पत्रकार सम्मेलनमार्फत भारी मात्रामा लागुऔषधसहित ३१ जना कारोबार गर्ने व्याक्तिहरुलाई पक्राउ गरी सार्वजनिक गरेपछि यस्तो पाइएको हो ।
पक्राउ परेका ३१ जनाको साथबाट कोरेक्स ३० बोतल, नाइट्रोसन १ सय ४० गोटी, पास्मोप्रोक्सिभन १ हजार २ सय ८, लुपिजेसिक २ सय ६ थान, डाइजेलाव २ सय ६ थान, एभिल १ सय ६५ थान बरामद गनुका साथै लागुऔषध प्रयोग गर्ने गरेको एक मोटरसाइकल र एक स्कुटिसमेत बरामद गरेको छ ।
पक्राउ परेका ३१ जना विरुद्ध सोमबार लागुऔषध कारोबार ऐन अन्तरर्गत मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुदम कुमार सिजापतीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२० करोड डलरको लागुऔषध तस्करीको आरोपमा बेलायती अभिनेत्री अस्ट्रेलियामा पक्राउ
-
फ्राईडे रिलिज : देशभर एक्लै ‘आइ एम जीत बहादुर’
-
तस्बिरमा हेर्नुहोस् रास्वपा महाधिवेशनको स्थलगत तयारी
-
अमेरिकाद्वारा इरानविरुद्धको समुद्री नाकाबन्दी अन्त्य
-
‘मानव स्वास्थ्यका लागि नियमित योग आवश्यक छ’
-
हराएकाे ३० वर्षपछि दोलखा फर्किए आकाश भैरवका ऐतिहासिक मुकुट (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण