ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार वृद्धको मृत्यु
सारांश
- रौतहटको गढीमाई नगरपालिकामा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक वृद्धको मृत्यु भएको छ।
- दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ६० वर्षीय रामानन्द महरा गम्भीर घाइते भएका थिए।
- घाइते महराको उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
रौतहट। रौतहटको गढीमाई नगरपालिका–२ समनपुर बजारस्थित गरुडा–समनपुर सडकखण्डमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक वृद्धको मृत्यु भएको छ।
बिहीबार दिउँसो समनपुरबाट हजरियातर्फ जाँदै गरेको ना ३ त २३३७ नम्बरको ट्र्याक्टरले सोही दिशातर्फ गइरहेको प्रदेश २–०३–००२ प ९८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार गढीमाई नगरपालिका–४ सुन्दरपुर निवासी ६० वर्षीय रामानन्द महरा गम्भीर घाइते भएका थिए। उनको ढाड तथा अण्डकोषमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।
घाइते महरालाई तत्काल गरुडास्थित बेटर नेपाल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज लगिँदै गर्दा दिउँसो करिब १ः४५ बजे बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले जानकारी दिए।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ।
दुर्घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गरुडाबाट इन्स्पेक्टर उज्वल क्षेत्रीको नेतृत्वमा १५ सदस्यीय प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
ट्र्याक्टर चालक गरुडा नगरपालिका–५ निवासी ३९ वर्षीय रामकिशुन यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा चालकले मादक पदार्थ सेवन नगरेको र उनीसँग वैध सवारी चालक अनुमति पत्र रहेको खुलेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि मोटरसाइकल चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चूडामणि शर्माविरुद्धका दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतद्वारा कागजात झिकाउने आदेश
-
सम्झौता उल्लङ्घन भए इरानमाथि फेरि कडा नाकाबन्दी लगाउँछौँ : अमेरिकी रक्षामन्त्री
-
युद्ध अन्त्य गर्ने सम्झौता अमेरिकाको हार : इरानी पत्रपत्रिका
-
फेरिँदै विद्यालय पाठ्यक्रम, नैतिक शिक्षालाई समेट्ने गरी अघि बढ्यो कार्यदल
-
तनहुँमा १९ जना शङ्कास्पद व्यक्ति पक्राउ
-
ओपनएआईमा जाँदैछन् गुगल जेमिनीका मास्टरमाइन्ड नोआम शाजिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण