जुम्लाको ढिम्कोट गाउँ छाउपडीमुक्त घोषित
जुम्ला– कुडारी गाविस वडा नं ९, ढिम्कोट गाउँ अब छाउपडीमुक्त गाउँका रुपमा घोषित भएको छ ।
सेफ एबर्सन एक्सन फन्डको सहयोग, एक्सन वक्र्स नेपालको सहजीकरण तथा कालिका मितेरी महिला समूह, ढिम्कोटको आयोजनामा सो गाउँलाई छाउपडीमुक्त गाउँ घोषणा गरिएको हो ।
झन्डै साढे दुई वर्षको लामो प्रयासपछि उक्त गाउँलाई छाउपडी मुक्त घोषणा गर्न सफल भइएको एक्सन वक्र्स नेपालका तालिम तथा क्षमता विकास अधिकृत सुमन पाठकले जानकारी दिए । अधिकृत पाठकका अनुसार ढिम्कोट अब जुम्ला जिल्लाको नमुना गाउँमा परिणत भएको छ ।
अहिले गाउँका सबै महिला छाउ हुँदा गोठमा बस्दैनन् । ४१ घरधुरी भएको उक्त गाउँलाई छाउपडी मुक्त बनाउन पुरुषको अधिकतम सकारात्मक सहयोग रहेको अधिकृत पाठकको भनाइ छ ।
छाउ भएको समयमा महिलाहरु गोठमा बस्दा हिंसाको सिकार हुनुपर्ने बाध्यताबाट सदाका लागि मुक्त भएको मितेरी समूहका अध्यक्ष कालिका शाहीले बताउनुभयो । सार्वजनिक कार्यक्रमबाट ढिम्कोटलाई छाउमुक्त गाउँ घोषणामा सहयोग पु¥याउने संस्था एक्सन वक्र्स नेपाललाई अध्यक्ष शाहीले धन्यवाद दिएका छन् ।
कुडारी स्वास्थ्य चौकीका इन्चार्ज तिलकबहादुर शाहीले सदियौँदेखिको परम्परागत हिंसाबाट मृत्युवरण गरेका महिलाले अबबाट मुक्ति प्राप्त गरेको दाबी गरे । उनले सहयोगी संस्था एक्सन वक्र्स र छाउमुक्त गाउँ बनाउन विशेष योगदान पु¥याउने कालिका शाहीलाई बधाई ज्ञापन गरे ।
यो कार्यक्रममा कुडारी–५ जुम्लाका समाजसेवी प्रदीप शाहीले महिलामाथिको दमन र हिंसा गर्ने प्रथाको अन्त्य गरिएकोमा खुसी व्यक्त गर्नुभयो । यस कार्यक्रमलाई जिल्ला तथा कर्णाली अञ्चलभरि व्यापक बनाउनुपर्नेमा उनको जोड थियो ।
सोही गाउँका स्थानीय नरबहादुर शाहीले एक्सन वक्र्स नेपाललाई धन्यवाद दिँदै संस्था एउटा साधन भए तापनि त्यसका लागि गाउँका महिला तथा पुरुष नै यसको साध्य भएको तर्क गरे ।
सोही अवसरमा कालिका मितेरी समूहका सम्पूर्ण सदस्यहरुलाई सम्मान गर्नुका साथै मितेरी सिकाइ सम्मेलन सम्पन्न गरिएको सहयोगी संस्थाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण