एसिड आक्रमणका जीवन बिकलाई १० वर्षको जेल सजाय
बुधबार, ०८ पुस २०७२, १६ : ५७
काठमाडौं–काठमाडौंको बसन्तपुरस्थित तीन किशोरीमाथि एसिड आक्रमण गर्ने जीवन बिकलाई जिल्ला अदालत काठमाडौंले १० वर्ष जेल सजाय सुनाएको छ । विकलाई ज्यान मार्ने उद्योगअन्तर्गत जिल्ला न्यायधीश हरिप्रताप केसीको इजलासले १० वर्ष कैद सजाय सुनाएको हो । फागुन १० गते बिहानै ट्युसन पढ्न गएका तीन छात्रामाथि उनले एसिड प्रहार गरेका थिए । सो घटनामा सिमा बस्नेत र हेमु मुखर्जी सामान्य घाइते भएका थिए भने संगीता पुलामीमगर गम्भिर घाइते भएकी थिइन् । राजधानीमा टोखामा बस्दै आएका जीवन बिक २६ दिनपछि पक्राउ परेका थिए । प्रहरी समक्ष २० वर्षीय बिकले संगीतासँगको प्रेमसम्बध टुटेको र आफ्ना आमाबाबुमाथि गरिएको अपमानको बदला लिन एसिड आक्रमण गरेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण