एमाओवादीको प्रदेश कमिटिको बैठकको मिति र स्थान तय
काठमाडौं, पुस ९– एकीकृत नेकपा माओवादी स्थायी समितिको बैठकले ७ प्रदेशमा प्रदेश कमिटिको बैठक तय गरेको छ । अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा आज बिहान बसेको उक्त बैठकले पुस १५ गतेदेखि पुस ३० गतेसम्म ७ वटै प्रदेशको बैठक सक्ने निर्णय गरेको हो । बैठकले १५ गते ३ नं. प्रदेशको काठमाडौंमा, पुस १८ गते १ नं. प्रदेशको इटहरीमा, पुस २० गते २ नं. क्षेत्रको बर्दिवासमा, पुस २२ गते ४ नं. प्रदेशको पोखरामा, पुस २५ गते ५ नं. प्रदेशको दाङमा, पुस २८ गते ६ नं. प्रदेशको सुर्खेतमा र पुस ३० गते ७ नं. प्रदेशको धनगढीमा प्रदेशको बैठक बस्ने निर्णय गरेको हो । त्यसैगरी पुसको १५ गते परिषदको बैठक स्थगित गरिएको प्रवक्ता दीनानाथ शर्माले कृष्णसेन डट कमलाई बताए । उनका अनुसार प्रदेश समितिको बैठक पश्चात परिषदको बैठकको मिति र स्थानको टुंगो लगाइनेछ । त्यसैगरी बैठकले प्रदेश नं. १ मा हिमाल राई र प्रदेश नं. ३ मा नारायण दाहाललाई प्रदेश सचिव राख्ने निर्णय पनि गरेको छ । एमाओवादी स्थायी समिति बैठकमा सरकार विस्तारका बारेमा पनि चर्चा भएको थियो । बैठकमा एमाओवादी सरकार विस्तारको पक्षमा नभएको बरु मन्त्रालय घटाउने सहमति भए माओवादी मन्त्रालय छोड्न समेत तयार हुने बैठकमा छलफल भएको प्रवक्ता शर्माको भनाई थियो । स्थायी समितिको आजको बैठकले यही पुस ११ गते अर्थात २६ डिसेम्वर सर्वहारा क्रान्तिका महान् नेता माओत्सेतुङको जन्म दिवस भब्यताका साथ मनाउने निर्णय गरेको छ । बैठकले सो दिन काठमाडौंस्थित पार्टी कार्यालयमा बिहान ११ बजे एक भब्य कार्यक्रमको अयोजना पनि गर्ने निर्णय गरेको छ । त्यसैगरी महान् जनयुद्ध २० औं बार्षिकोत्सव पनि यही फागुन १ गते विशेष कार्यक्रमका साथ मनाउने निर्णय पनि गरेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण