नेपालको संविधान सबैभन्दा बढी समावेशीः गुरुङ
पोखरा -संविधान सभाका सभासद डा गणेशमान गुरुङले नेपालको संविधान २०७२ सवै भन्दा वढी समावेशी भएको वताएका छन् । हिमालय उच्चमावि टक्सार–४, स्याङ्जाको ५७ औं वार्षिकोत्सवको विहीवार उद्घाटन गर्दै समासद गुरुङले सो कुरा वताएका हुन् । उनले नेपाल र नेपालीहरु मिल्न सके भारतको नाकावन्दी केही पनि नभएको वताएका छन् । नेपालीहरु मिलेर अत्म निर्भर वन्नु पर्ने र हिमाल पहाड र तराईलाई एउटै मालामा उन्नु पर्ने उनको भनाई छ । नेपालमा कहिल्यै पनि जातीय राज्यको कल्पना गर्न नसकिने वताउँदै उनले नेपालको आफ्नै मौलिकता र संस्कृति रहेको दावी गरेका छन् । गाउँका विकास निर्माणमा तेरो मेरो नभनीकन सवै मिलेर काम गर्न सकेमा देशको उन्नति हुन वेर नलाग्ने उनको भनाई छ । सो अवसरमा विद्यालयले सभासद गुरुङलाई दोसल्ला ओढाएर सम्मान समेत गरेका छ । त्यसैगरी विद्यालयमा विशेष योगदान पुर्याएको भन्दै ओलवहादुर काकी, टेकवहादुर गुरुङ, कृष्णवहादुर गुरुङ, हुमवहादुर गुरुङ र चेतभक्त पौडेलाई पनि विद्यालयको तर्फवाट दोसल्ला ओढाएर सम्मान गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्कराज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपा नेपालका केन्द्रीय सदस्य मदनवहादुर कार्की, जिल्ला शिक्षा कार्यालय स्याङजाका प्रतिनिधी सोमनाथ भण्डारी, नेकपा एमाले स्याङ्जाका सुधीर पौडेल, एमाले गण्डकी अञ्चल सचिव भीम कार्की लगायतले आ आफ्ना भनाई राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उच्च शिक्षादेखि आयोगका परीक्षामा मोबाइल तथा इलेक्ट्रोनिक डिभाइस लगेमा के हुन्छ ?
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण