भूकम्पपीडितका लागि ल्याइएको त्रिपाल अलपत्र
खजुरा–नेपालगन्ज भन्सार कार्यालयमा एक हजार थान त्रिपाल अलपत्र परेका छन् ।
भूकम्पपीडितका लागि भारतबाट नेपालगन्ज नाका हुँदै भित्र्याइएका करिब एक हजार थान त्रिपाल भन्सार कार्यालयको खुल्ला चौरमा पाँच महिनादेखि थन्किएको हो । लामो समयदेखि खुला चौरमा थन्काइएका त्रिपाल बिग्रने अवस्थामा पुगेपनि प्रभावित क्षेत्रमा पठाउनेतर्फ कुनै पहल भएको छैन ।
सरकारी निकायको लापरबाहीका कारण प्रभावित क्षेत्रका भूकम्पपीडित परिवार शीत छेक्ने एकसरो त्रिपालसम्म नपाएर चिसोमा कष्टकर अवस्थामा रात बिताउन बाध्य भइरहेका बेला भन्सार कार्यालयमा एक हजार थान त्रिपाल त्यसै थन्किएका छन् ।
सरकारले भूकम्प प्रभावितका लागि भारतबाट त्रिपाल आयात गर्दा भन्सार छुट दिने समय सकिएको दुई दिनपछि नेपाल भित्रयाइएको कारण भन्सार छुट नपाएपछि त्रिपाल आयात गर्ने संस्थाले त्रिपाल त्यत्तिकै छाडेर गएको र हालसम्म सम्पर्कमा नआएको भन्सार कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण