बुबाको स्मृतिमा क्याम्पसलाई पाँच थान कम्प्युटर सहयोग
बिहीबार, १६ पुस २०७२, १० : ११
झापा– झापाका दुई युवाले आफ्ना बुबाको वार्षिक पुण्य तिथिमा बिर्तामोडस्थित देवी क्याम्पसलाई कम्प्युटर सहयोग प्रदान गरेका छन् ।
झापा गरामनी–९ निवासी स्वर्गीय शालिगराम पाठकको स्मृतिमा छोराहरु सागर र हिमाल पाठकले क्याम्पसलाई पाँच थान कम्प्युटर सहयोगस्वरुप बुधबार हस्तान्तरण गरे ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिचरण शिवाकोटी र क्याम्पस प्रमुख लेखनाथ भट्टराईलाई कम्प्युटर हस्तान्तरण गरिएको थियो ।
अति विपन्न समुदायका विद्यार्थी अध्ययनरत रहेको उक्त क्याम्पसको शैक्षिक स्तरोन्नतिका लागि आगामी दिनमा समेत कम्प्युटर सहयोग गर्ने उनीहरुले प्रतिबद्धता व्यक्त गरे ।
नेपाली काँग्रेसका पुराना नेता एवम् समाजसेवी शालिगराम पाठकको गत वर्ष निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण