राँगाको आक्रमणमा परी महिलाको मृत्यु
बिहीबार, १६ पुस २०७२, १४ : ३३
गौशाला–गएराति महोत्तरीको सम्सी गाविसमा राँगाको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्सी–८ बस्ने चन्दरदेवी यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
त्यसैगरी, सोही आक्रमणमा परी स्थानीय ५० वर्षीय महन्थराम यादव र १६ वर्षीय राजु यादव गम्भीर घाइते भएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए । घाइते यादवद्वयलाई स्थानीय निजी क्लिनिकमा प्राथमिक उपचार गरी थप उपचारका लागि भारत विहार राज्यको सीतामढी सहरमा लगिएको प्रहरीले जनाएको छ ।
गएराति करिब ७ बजेको समयमा सम्सी–८ स्थित दुर्गा मन्दिर नजिकै बसिरहेका स्थानीयवासीलाई वनतिरबाट आएका राँगाले आक्रमण गरेपछि सो घटना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण