मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

काँग्रेस कमजोर भएकोले राष्ट्रियता र लोकतन्त्र कमजोर भयोः कोइराला

शुक्रबार, २४ पुस २०७२, १० : २३
शुक्रबार, २४ पुस २०७२

बैतडी – नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले अहिले नेपाली काँग्रेस कमजोर भएकोले राष्ट्रियता र लोकतन्त्र कमजोर बनेको भन्दै आगामी महाधिवेशनमा सक्षम र सबल नेतृत्व चयन गरेर मजबूत काँग्रेस निर्माणको अभियानमा जूट्न कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । मूलूक अहिले विदेशीहरूको क्रिडास्थल बनेको भन्दै मूलूकको अश्मिता जोगाउँने जिम्मेवारी काँग्रेसकै काँधमा आएको बताए। नेपाल शिक्षक संघ बैतडीको १९ औं जिल्ला प्रतिनिधी सभालाई संबोधन गर्दै डा कोईरालाले नेपाली काँग्रेस दूरदराजमा बसेर काम गर्ने कार्यकर्ताहरूको जगमा उभिएपनी आज ति दूरदराजका कार्यकर्ताहरूको योगदानको मूल्यांकन नभएकोमा आफू दू:खी बनेको बताए । ६०र४० को भागबण्डाको राजनीतिले आम कार्यकर्ताहरूको शिर निहूरेको भन्दै पार्टीको आसन्न महाधिवेशनमा भागबण्डाको राजनीति कूनै पनि हालतमा तोड्ने प्रतिबद्धता ब्यक्त गरे । आफू ६०र४० को भागबण्डामा नरहेको प्रष्ट्र पार्दै कार्यकर्तालाई पनि भागबण्डा राजनीतिबाट मूक्त हून आग्रह गरे । कोइरालाले जनताको दैनिकी अत्यन्तै कष्टकर बन्दा पनी त्यसलाई लत्याउँदै सरकार मन्त्रालय फूटाएर मन्त्री पद भागबण्डाको रमितामा लागेको आरोप कोइरालाले । सरकार ढाल्न काँग्रेस कदापी नलाग्ने भन्दै डा कोईरालाले भने -'सरकार कालाबजारी,भ्रष्ट्राचार र कूशासनलाई संस्थागत गर्न लागेकाले सरकार आफै ढल्ने तयारीमा पुगिसक्यो, अब सरकार ढल्नबाट कसैले रोक्न सक्दैन ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप