मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

मेस्सीको ह्याट्रिकसँगै बार्सिलोना लिगको शीर्ष स्थानमा

आइतबार, २६ पुस २०७२, ०९ : ५४
आइतबार, २६ पुस २०७२

बार्सिलोना - लियोनेल मेस्सीको ह्याट्रिकको मद्दतले ग्रानाडामाथि सहज जित निकाल्दै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लेको छ । अर्जेन्टिनी फरवार्डले खेलको १५ मिनेट भित्र दुई गोल गरे भने दोस्रो हाफमा थप एक गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे । यो सिजन उनको यो १८ औं गोल हो । बार्सिलोना पछिल्ला २० खेलमा अपराजित रहेको छ । गत अक्टोबरमा सेभियासँग पराजित भएदेखि बार्सिलोनाले एक खेल पनि हारेको छैन । खेलको ८३ औं मिनेटमा नेयमारले गाल गर्दै बार्सिलोनालाई ४—० को जीत दिलाए । शीर्ष स्थानमा उक्लिए पनि आइतबार एथ्लेटिको म्याड्रिडले सेल्टाभिगोलाई पराजित गर्दै बार्सिलोना दोस्रो स्थानमा झर्नेछ । यद्यपि, बार्सिलोनाले अझै एक खेल कम खेलेको छ । खेलपछि बार्सिलोनाका प्रशिक्षक लुइस एनरिकेले भने, ‘आजको खेलप्रति म पूर्ण रुपमा सन्तुष्ट छु । सबै खेलाडीले शुरुदेखि नै राम्रो प्रदर्शन गरे । ३ अंक कति महत्पूर्ण छ भन्ने सबैले ध्यानमा राखेर खेले । बार्सिलोनाको १८ खेलबाट ४२ अंक रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप