सवारी दुर्घटनामा परि दाङमा १० जना घाइते
दाङ–गएराती दाङको सतबरीया गाविस–८ रिहारमा रोकी राखेको बसलाई अर्को बसले ठक्कर दिदाँ १० जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको कोहलपुर र ३ जनाको दाङको घोराहीमा उपचार भइरहेको छ । घटनामा परि गम्भिर घाइते भएका बाँकेको कम्दी–७ निवासी अशोक विक, दार्चुलाको खलङ्गा–११ का रामदत्त जोशी, सोही ठाउँका रामबहादुर थापा, दार्चुलाकै शंकरपुर–२ का रघुविर धामी, सोही ठाउँका रमेश धामी, कैलालीको अत्तरीया निबासी तेजबहादुर रैकल, कैलालीकै जनक थापाको कोहोलपुरमा उपचार भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक प्रेमबहादुर खड्काले जानकारी दिए । त्यसैगरी अन्य घाइते गोरखाको आँवुखैरेनी निवासी गोमा कुमारी गिरी, कपिलवस्तुकी माधवी विष्ट, र कञ्चनपुरका राजेन्द्रबहादुर खत्रीको घोराही उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । पुर्वबाट पश्चिमतिर गइरहेको ना५ख१२२६ नम्बरको बसले रिहार बजारमा रोकी राखेको म१ख३६४७ नम्बरको बसलाई करिब साढे ११ बजे पछाडिबाट ठक्कर दिएको प्रहरीले बताएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण