५ वर्षपछि विद्युत सव–स्टेशनको सिलन्यास
जाजरकोट–सम्बन्धित निकायको उदासिनताका कारण जिल्ला सदरमुकाममा ५ बर्ष अघि नै जोडि सक्नु पर्ने केन्द्रिय विद्युत प्रशारण लाईन सव स्टेशनको शनिवार गृहमन्त्री शक्तिबहादुर बस्नेतले सिलन्यास गरेका छन् । मन्त्री बस्नेतल विद्युत सव स्टेशनको सिलन्यास गदै अवको दुई बर्षमा केन्द्रिय प्रसारणको बत्ती बल्ने बताए । राजनैतिक क्रान्ति पुरा भएको बताउँदै अव आर्थिक क्रान्ति गर्नु पर्ने बेला आएको मन्त्री बस्नेतको भनाई छ । उनले नाकावन्दी खुले सँगै देशको अवस्था सुधार हुदै गएको र अव विकास निर्माणले गति लिने विश्वास ब्यक्त गरे । जिल्ला सदरमुकाम खलंगामा केन्द्रिय विद्युतलाईन प्रसारणको लागि कुदुमा वन्न लागेको ३३ केभि क्षमता भएको सव स्टेसन निर्माणको काम आरके ईन्टरनेस्नल निर्माण सेवा काठमाण्डौंले २०७४ असार मसान्त सम्ममा पुरा गरि सक्ने निर्माण कम्पनीका प्रोपराईटर सागर लुईटेलले जानकारी दिए । सव स्टेसनको काम पुरा नहुदा सम्म तारबाट लाईन ताने पनि केन्द्रिय विद्युतलाईनको वत्ती सदरमुकाममा वाल्न नसकिने विद्युत्त प्राधिकरण क्षेत्रिय कार्यालय कोहलपुरका निमित्त प्रमुख खिमानन्द चौधरीले वताए । सव स्टेसन निर्माण आयोजना विद्युत्त प्राधिकरणको बहुवर्षिय आयोजना भित्र परेको हुनाले पनि यति धेरै लामो समय लाग्ने भएको प्रमुख चौधरीले जानकारी दिए । विद्युत प्राधिकरण क्षेत्रिय कार्यालयसंग आरके ईन्टरनेस्नल निर्माण सेवा काठमाण्डौंले कुदुको सव स्टेसन निर्माण सम्झौता भ्याट वाहेक ४ करोड ७५ लाखमा दुई बर्ष भित्र काम सक्ने गरी गत वैसाखमा सम्झौता गरेको विद्युत प्राधिकरण सुर्खेतका प्रमुख दीपक जंग चौधरीले जानकारी दिए । सव स्टेशन निर्माण सँगै जिल्लाका दुर्गम गाविसहरुमा विद्युतीकरण गर्नका लागि समुदायमा आधारित सामुदायिक विद्युतिकरण गर्नु पर्ने निर्माण कम्पनीका प्रोपराईटर सागर लुईटेलको भनाई छ । सहकारीमा आधारित सामुदायिक विद्युतिकरणमा ९० प्रतिसत नेपाल सरकारको अनुदान र १० प्रतिसत समुदायले श्रमदान गर्नु पर्ने प्रावधान रहेको सामुदायिक विद्युतिकरणले जिल्लालाई छिटो विद्युतिकरणमा सहयोग पुग्ने प्रोपराईटर लुईटेलले बताए । सुर्खेतको राकम देखि जाजरकोटको कुदु सम्म विद्युत लाईन तान्ने कामको सम्झौता नरेन्द्र निर्माण सेवाले गरेको छ भने, कुदु देखि सदरमुकाम खलंगा सम्मको विद्युत लाईन प्रसारणको सम्झौता सिताराम निर्माण सेवाले गरेको छ । विद्युतलाईन तान्ने र लाईन प्रसारण गर्ने कामहरु जिल्ला वन कार्यालय तथा वन विभागले अनुमति नदिदा दुवै कामहरु हुन सकिरहेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण