बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

नेपाल प्रहरीका १७ एसपीको सरुवा, को–कहाँ ? (सूचिसहित)

आइतबार, ०२ फागुन २०७२, १७ : २३
आइतबार, ०२ फागुन २०७२
काठमाडौं– नेपाल प्रहरीका १७ प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको अध्यक्षतामा शुक्रबार बसेको बैठकले एसपीहरुको सरुवा गर्ने निर्णय गरेको प्रहरी प्रधान कार्यालयले एक सुचनामार्फत जनाएको छ । यही फागुन महिनादेखिको तलब, भत्तासमेतको हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरि सरुवा गरिएको निर्णयमा उल्लेख गरिएको छ । यसबारे कितावखानामा आवश्यक ब्यरोरा जनाइदिन समेत प्रहरी प्रधान कार्यालयले पत्राचार गरिसकेको छ । निर्णयअनुसार तारिणि प्रसाद लम्सालको केन्द्रीय अनुसन्धान ब्यूरो विषेश अपराध अनुसन्धान महाशाखा, प्रद्युम्न कुमार कार्कीको महानगरिय प्रहरी परिसर काठमाडौं, घनश्याम कार्कीको जिल्ला प्रहरी कार्यालय कास्की, मुकुन्दराज आचार्यको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएको छ । पूर्ण सूचिका लागि तल हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप