जबरजस्त सडक खन्न लामाले गरे स्थानीयमाथि आक्रमण, बालकसहित एक दर्जन घाइते
आइतबार, ०२ फागुन २०७२, १४ : ३९
रामेछाप –जबरजस्त सडक खन्ने पक्षको आक्रमणमा परी एक दर्जन स्थानीय घाइते भएका छन् ।
जिल्लाको लखनपुर गाविस–९ स्थित पुँडीमा आइतबार बिहान ठेक्का–पट्टामा संलग्न मानबहादुर लामाले व्यक्तिगत पैसा लगानीमा स्काभेटर लगाएर स्थानीयको खेतबारी भत्काउन शुरु गरेपछि नभत्काउन सम्झाईबुझाई गर्न आइपुगेका जग्गाधनी र स्थानीयमाथि केही मान्छे लगाएर आक्रमण गर्न लगाउँदा स्थानीय घाइते भएका हुन् । उनीहरुले प्रहरीकै अगाडि आक्रमण गरेका थिए ।
प्राप्त समाचारअनुसार आक्रमणबाट ४ वर्षीय बालकदेखि ८० वर्षीया वृद्धा सख्त घाइते भएका छन् । आक्रमणमा परी गैरीटोलका स्थानीय २५ वर्षीया सोमली तामाङ, ६० वर्षीया माइली तामाङ, ४० वर्षीया चिनीमाया तामाङ, ८० वर्षीया सुकरानी डोल्मा घिसिङ, १८ वर्षीय छ्योइसाङ तामाङ, ४८ वर्षीय सुर्यलाल तामाङलगायत एक दर्जन छन् ।
लामा नेतृत्वको समूहले महिला बालबालिकामाथि अन्धाधुन्धा आक्रमण गरेपनि घटनास्थलमै रहेको प्रहरीले नियन्त्रणको कुनै प्रयास नगरको माइली तामाङले बताइन । प्रहरीले पीडितको उजुरी पनि लिन मानेको छैन ।
सोमलीको ढाड र टाउकोमा गम्भीर चोट लागेको छ भने छ्योइसाङ र अजयको हात, खुट्टा र कम्मरमा गहिरो चोट लागेको बताइएको छ । आक्रमणबाट सूर्यलाल तामाङको अनुहारमा गम्भीर चोट लागेको प्रत्यक्षदर्शीले लालध्वज लामाले बताए । स्वास्थ्यचौकी टाढा भएकाले घाइतेहरुको प्राथमिक पनि हुन नसकेको लामाले बताए ।
चार वर्षीय जीवनको टाउकोमा गहिरो चोट लागेकाले उनलको अवस्था गम्भीर छ । घाइते अधिकांशको टाउको र खुट्टामा चोट लागेको छ ।
आक्रमणकारीहरुले घरेलु हतियारसहित आएर आक्रमण गरेका बताइएको छ।
स्थानीयको स्वीकृतिबिना व्यक्तिगत पैसामा गैरकानूनी ढंगबाट जथाभावी रुपमा सडक खनाउने काम मानबहादुर लामाको नेतृत्वमा भएकोले आफूहरुले त्यसको विरोध गरेको घाइतेहरुले बताएका छन् ।
उनीहरुले आफूहरुलाई यातायात सुविधाबाट वञ्चित गराउने उद्देश्यले गैरकानूनी रुपमा जबर्जस्त सडक लागिएको हुनाले कुनैपनि हालतमा सडक खन्ने कामको प्रतिवाद गर्ने धिरज तामाङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण