बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

झापामा एक प्रहरीको मृत्यु

आइतबार, ०२ फागुन २०७२, १४ : ४५
आइतबार, ०२ फागुन २०७२
झापा–काममा खटिएका सशस्त्र प्रहरीका एक जवानको गएराति मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार झापाको ज्यामिरगढी– ८ स्थित ६ नम्बर पोस्टमा काममा खटिएका सशस्त्र प्रहरीका अर्जुन योञ्जनको गएराति १२ बजे मृत्यु भएको हो । सशस्त्र प्रहरी चौकी सतिघट्टामा कार्यरत उनी काममा खटिएकै बेला गएराति अचानक ढलेर बेहोस भएको र उपचारका लागि विर्तामोडस्थित बीएण्डसी अस्पताल ल्याइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञावालीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप