बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

दैलेखमा झाडापखालाबाट नाबालकको मृत्यु

आइतबार, ०२ फागुन २०७२, १५ : ०६
आइतबार, ०२ फागुन २०७२

दैलेख– झाडापखालाबाट यहाँ दुई बालकको मृत्यु भएको छ भने १८ जना बिरामी परेका छन् ।

मृत्यु हुनेमा तोलीजैसी–८ नैन तिरुवाका सातमहिने नाति अञ्जल विक र मन्दिरे तिरुवाका आठमहिने नाति कृष्ण विक छन् । गए राति स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा उनीहरुको मृत्यु भएको तोलीजैसीका टेकबहादुर थापाले जानकारी दिए ।

झाडापखाला लागेका बिरामी आउने क्रम जारी रहेकाले झाडापखालाले महामारी लिन सक्ने डा विकास शाहले बताए । उनले भने, “अहिले १८ जनाको उपचार भइरहेको छ, बिरामी आउने क्रम जारी छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप