अमेरिकी डलरसहित दुई जना पक्राउ
आइतबार, ०२ फागुन २०७२, १५ : ५९
परासी– जिल्ला प्रहरी कार्यालय नवलपरासीले अमेरिकी डलर सहित दुई जनालाई पक्राउ गरि आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।
हिजो साँझ जिल्लाको बर्दघाटमा चेकजाँच गर्दा २ सय ७९ अमेरिकी डलर सहित ति व्यक्तिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्ने धादिंगको सुनौला बजार ७ बस्ने २४ वर्षिय सुरेश कोईराला र उदयपुरको गाईघाट ४ बस्ने २७ वर्षिय अशोक परियार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार ति आरोपित व्यक्तिहरुले विभिन्न जिल्लाका स्थानहरुमा सोझासाझा मानिसहरुलाई डलर सटही गर्छु भन्दै झुक्याउदै ठगी गर्दै आएका थिए ।
यसभन्दा पुर्व काठमाण्डौ, भक्तपुर र काभ्रे लगायतको जिल्लामा उनीहरु ठगी गर्दै आएको प्रहरीले जनाएको छ ।
डलर सटही गर्ने बहानामा ठगी गर्ने मुख्य योजनाका सिन्धुपालचोकका हरि नारायण श्रेष्ठ र च्यान्बो भन्ने मानिस रहेको ति आरोपित व्यक्तिले बताए । प्रहरीले ति मुख्य योजनकारको खोजी संगै यस घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण