बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

अस्पतालको आइसियू कक्षमै सुत्केरीको बलात्कार

आइतबार, ०२ फागुन २०७२, १६ : ५७
आइतबार, ०२ फागुन २०७२

एजेन्सी–भारतको हरियाणामा एक अज्ञात व्यक्तीले प्रहरीकै श्रीमतीलाई बलात्कार गरेका छन् । शनिबार राती एक निजी अस्पतालको आईसियूमै उनले महिलाको बलात्कार गरेका हुन् । पिडित महिला बच्चालाई भर्खरै जन्म दिएपछि आईसियू कक्षमा भर्ना भएकी थिइन् । सिसीटिभी फूटेजले बिहान झन्डै ३ बजेर ३० मिनेट जादाँ एक व्यक्ती भेर्ना कारबाट अस्पताल आउँदै गरेको देखाएको छ । उनी सिधैँ आईसीयूतर्फ गएका छन् । उनले अस्पताल छाड्दाको भिडियो पनि क्यामेरामा कैद छ । क्यामेरामा आफू कैद भइरहेको पत्ता लागेपछि उनी भागेका थिए । प्रहरीले उनको खोजी गरिरहेको छ । पिडितको बयानपछि प्रहरीले उनको खोजी जारी राखेको हो । पिडितका आफन्तहरुले अस्पतालका अधिकारीहरुको गैरजिम्मेवारीपनाका कारण घटना घटेको बताएका छन् । यो घटना घट्दा अस्पतालका कोही पनि कर्मचारी आईसियूमा थिएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप