अमेरिकी राष्ट्रपति उम्मेद्वारलाई अर्का उमेदवारको प्रश्न, ‘ तिम्रो दाजूका कारण वल्र्ड ट्रेड ढल्यो ?’
एजेन्सी–अमेरिकाको राष्ट्रपति पदका प्रत्यासी डोनाल्ड ट्रम्पले जर्ज बुसको इराक हमाला गर्ने निर्णय गलत भएको बताएका छन् ।
सेप्टेम्बर एघारमा भएको आतंककारी हमालापछि जेब बुसका दाजू जर्ज बुसले गलत कदम चालेको ट्रम्पले बताएका हुन् । निर्वाचनअघिको टेलिभिजन बहसका क्रममा बोल्दै उनले भने –‘वल्र्ड टे«ड सेन्टर जर्ज बुसकै कार्यकालमा ढल्यो ।’ कार्यक्रममा उनले अमेरिका सरकारले भनेजस्तो विध्वंश मच्चाउने हतियार इराकसँग नरहेको भन्दै पूर्व राष्ट्रपति बुसले चालेको कदम घातक भएको बताए ।
‘इराक युद्ध एउटा ठूलो गल्ति थियो ’– ट्रम्पले भनेका छन् । अहिले ट्रम्पसँगै रिपब्लिक पार्टीबाट जर्ज बुसका भाई जेब बुसको पनि उम्मेदवारी परेको छ । ट्रम्पले जेब बुसले आफ्ना दाजूले गरेको गल्ति लुकाउने प्रयत्न गरेको भन्दै गलत सूचनाका आधारमा इराकसँग युद्ध लड्नु बेकार रहेको प्रतिक्रिया दिए । उनले भनेका छन् –‘जर्ज डब्ल्यू बुसले गल्ति गरे । उनकै कदमका कारण मध्यपूर्वमा अशान्ति फैलियो । अस्थिरता निम्तियो ।’ यता, जेब बुसले भने –‘ बाराक ओबामाले मेरो दाजूलाई दोष देखाएर सारा समस्याबाट पन्छने काम गरेका छन् । जबकी बाराक ओबामा आफैले थुप्रै गल्ति गरेका छन् । डोनाल्ड ट्रम्पले ममाथि लगाएको आरोपलाई म वास्ता गर्दिन किनकी उनको रगतमै अर्काको इज्जतसँग खेल्नुपर्छ भन्ने छ । उनी यसो गर्दा खुसी हुन्छन् र उनलाई खुसी देखेर म दंग छु ।’ दुई पूर्व राष्ट्रपतिका छोरा तथा भाई जेब बुसले भनेका छन् –‘मेरो परिवारको पि‘मेरो परिवारको पिछा गर्न ट्रम्प लागेका छन् । म उनको व्यवहारबाट आजित छु । मेरो पिता मेरो दिमागमा रहेका सबैभन्दा महान् मान्छे हुन् । जब ट्रम्प टेलिभिजनमा रियालिटी शो बनाउँदै थिए । त्यतिबेला मेरो दाजू जर्ज हाम्रो देशलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने विषयमा योजना बनाउँदै थिए । मलाई उनले गरेको कामप्रति गर्व छ ।’ जेबले यसो भनिरहदाँ कार्यक्रममा उपस्थित भएका ट्रम्पले फेरि चिच्याएर बोले–‘वल्र्ड टे«ड सेन्टर ध्वस्त भयो ।’ यसपछि फेरि बुसले प्रतिक्रिया दिए । यता, ट्रम्पले रुसको विषयमा समेत महत्वपूर्ण सवाल उठाए । ट्रम्पले रसिया आईएससँग भिड्नका लागि अमेरिकाको गतिलो सहयोगी बन्न सक्ने बताए । उनले –‘हामीले पहिलो आईएससँग भिड्नुपर्छ । उनीहरुले हाम्रो टाउको दुखाईरहेका छन् । उनीहरु जनावर हुन् । हामीले एकै समय दुई युद्ध लड्न सक्दैनौ । त्यसैले लड्ने आईएससँग हो । ’ ट्रम्पको जवाफ फर्काउदै जेबले भने–‘यि व्यक्ति टेलिभिजन शो हेरेर विदेश निति बनाउँछन् । उनको विचारमा हिलारी क्लिन्टन इरानसँग सम्बन्ध बढाउनका लागि प्रमुख व्यक्ति हुन् ।’ आप्रवासीको समस्याका विषयमा कुरा आउँदा पनि ट्रम्पले बुस प्रशासनकै कारण यो समस्या देखिएको बताए । तर बुसका भाईले ट्रम्पको अभिव्यक्तीको फेरि खण्डन गरे । अन्त्यमा ट्रम्प संकुचित रहेको भन्दै जेब बुसले फक्स न्यूजमा बहस सकिएपछि हात मिलाउन खोज्दा ट्रम्प हात समेत नमिलाई हिडेँको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण