न्युयोर्कमा चन्द्र ढकालको सम्बोधन
काठमाडौं–आईएमई समुह तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित ‘अति कम विकसित राष्ट्रको स्तानबुल कार्ययोजना तथा दिगो विकास’ सम्बन्धि एक दिवसीय कार्यक्रमलाई हालै संबोधन गरेका छन् । उनलाई अति कम विकसित राष्ट्रहरुबाट नीजि क्षेत्रको प्रतिनिधित्वका लागि संयुक्त राष्ट्रसंघ महासभाको ७० औं सत्रका अध्यक्षले यही ११ फेब्रुवरी २०१६ मा आयोजित एक दिवसीय विशेष समिक्षा कार्यक्रममा अतिथीवक्ताको रुपमा आमन्त्रण गरेका थिए । अति कम विकसित राष्ट्रहरुको दिगो आर्थिक विकास तथा अतिकम विकसित राष्ट्रबाट विकासिल राष्ट्रमा स्तरोन्नति गर्ने उदेश्यका साथ सन् २०११ माटर्कीको स्तानबुलमा बसेको संयुक्त राष्ट्र संघचौथो सम्मेलनले पारित गरेका कार्ययोजनाको कार्यान्वयनको मध्यावधि समीक्षामा उक्त कार्यक्रम केन्द्रित थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले, अतिकमविकसित राष्ट्रहरुमा रोजगारीको सिर्जना गर्न, गरिबीको न्यूनीकरण गर्न , राज्यकोषमा राजश्व बढाउन, वस्तु तथा सेवाहरुको सहज आपूर्ति तथा वितरण गर्न र विकासका पूर्वाधारहरुको निर्माणमा सम्भाव्य नयाँ क्षेत्रको पहिचान गरि लगानी विस्तार गर्न नीजि क्षेत्रले विशेष भूमिका खेलिरहेको बताए । सार्वजनिक नीजि साझेदारीको माध्यमबाट नेपाललगायत अन्य अतिकम विकसित देशहरुले दिगो आर्थिक बृद्वि हाँसिल गर्न आवश्यक पुँजीगत लगानीको फराकिलो अन्तरलाई न्यूनीकरण गर्न नीजि क्षेत्रलाई एक मुख्य साझेदार अंगको रुपमा हेरिनुपर्ने बताए । सभालाई ७० औं सभाका अध्यक्ष मोगेन्स लिकीटोफ्त एवम्संयुक्त राष्ट्रसंघका उपमहासचिव ज्ञानचन्द्र आचार्यले उद्घाटन मन्तब्य व्यक्त गरेको उक्त एक दिवसीयविशेष समिक्षा कार्यक्रममा सदस्य राष्ट्रका राजदुतहरु लगायत नागरिक समाज, गैर सरकारी संस्था र प्राज्ञिक समुदायले पनि सम्बोधन गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण