राष्ट्रियताको रक्षाका लागि पार्टी एकता आवश्यकः गुरुङ
अछाम – नेकपा क्रान्तिकारी माओवादीका सचिव देव गुरुङले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि पार्टी एकताको आवश्यकता रहेको बताएका छन् । पार्टीको सेती–महाकाली राज्य समितीको बैठकलाई सम्वोधन गर्नका लागि अछाम आएका नेता गुरुङले मंगलसेनमा सञ्चारकर्मीसंग कुरा गर्दै बैदेशीक हस्तक्षप र चलखेललाई परास्त गर्नका लागि र राष्ट्रियतालाई बलियो बनाउनका लागि पार्टी एकिकरण हुनुको बिकल्प नरहेको बताए ।
एमाओवादी लगायत माओवादी शक्तिहरुसंग एकताका लागि आफ्नो पार्टीले संस्थागत निर्णय गरेर छलफल चलाईरहेको भन्दै नेता गुरुङले बिचार र सिद्धान्ततः कुरा मिलाएर पार्टी एकिकरण हुनुपर्ने धारणा राखे । देशभक्त शक्तिहरु एकजुट भएर राष्ट र राष्टिय स्वाधिनताको रक्षा गर्नुपर्ने बेला आएको बताँउदै यसमा सबैको समान धारणा बनाई पार्टीलाई एक बनाँउनका लागि बार्ता टोली मार्फत पनि छलफल र बहस भईरहेको बताए ।
पछिल्लो समय काँग्रेस एमाले अगाडी आईसकेपछि राष्टिय सार्वभौम सत्ताको रक्षा गर्न नसकेको उल्लेख गर्दै उनले त्यसका लागि सच्चा कम्यूनिष्ट माओवादीहरु अगाडि सर्नुपर्ने उल्लेख गरे । यसैगरी बैदेशीक हस्तक्षेप बढ्दै जाँने अवस्था आएमा फेरी युद्ध पनि हुन सक्ने तर्फ संकेत गर्दै गुरुङले कुर्चीमा पुग्नका लागि नेपालका केही नेताहरुले आत्मसर्मपणबादी प्रबृति अंगाल्ने गरेकाले देशमा समस्या आईरहेको बताए । आन्तरिक समस्यामा दिल्लिलाई गुहार्ने काम पनि कोही कसैले गर्न नहुने नेता गुरुङको भनाई थियो । पूर्व कानुन मन्त्रि समेत रहेका माओवादी नेता गुरुङले बाह्य शक्तिकै कारण पहिलो संविधानसभा बिघटन भएको बताँउदै बाह्य चलखेलकै कारण भएको दोस्रो संविधानसभा निर्वाचन आफुहरुले बहिस्कार गरेको सन्र्दभ पछिल्ला घटनाक्रम संगै पुष्टि भईरहेको बताए । फरक प्रसंगमा नेता गुरुङले पछिल्लो समय प्रचण्डमा राष्टिय स्वाधिनताको रक्षा गर्नुपर्छ भन्ने भावना जागृत भएपनि बिप्लव र बाबुराममा त्यस्तो भावना कहिल्यै नपलाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण